६ असार २०८३, शनिबार | June 20, 2026

एक महिनामा साढे २० अर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ ।

गत साउन महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रिएको हो ।

विभागका अनुसार साउनमा नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेट आयात गरेको छ ।

सोही समयमा भारतबाट ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँको पेट्रोल र ५ अर्ब २७ करोड ८० लाख १ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा नेपालले १४ अर्ब ६१ करोड ६२ लाख ६९ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो ।

गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा नेपालले ६ अर्ब २ करोड ८५ लाख ८७ हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ ।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  १२ : ३७ बजे

ठाउँठाउँमा भारी वर्षा, तराईमा तातो

काठमाडौँ । पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न

आईएमई लिमिटेडको ‘ब्रान्ड एम्बेसडर’ मा प्रकाश सपुत नियुक्त

काठमाडौ । आईएमई लिमिटेडले गायक प्रकाश सपुतलाई आफ्नो सांगीतिक ‘ब्रान्ड

रास्वपा महाधिवेशन : चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को यहाँ हुने प्रथम राष्ट्रिय

महाधिवेशनले रास्वपालाई नयाँ ऊर्जा दिनेछ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

लागुऔषधको कारोबारे नियन्त्रण गर्न प्रहरीबाट गोली प्रहार, ३ जना पक्राउ

काठमाडौँ । प्रहरीले गोली प्रहार गरि लागुऔषधका कारोबारेहरुलाई नियन्त्रणमा लिएको