६ श्रावण २०८३, बुधबार | July 22, 2026

लमजुङका पर्यटकीय गाउँहरू सुनसान



लमजुङ । बर्खाका कारण लमजुङका पर्यटकीय गाउँहरु सुनसान रहेका छ्न । पर्यटकीय गन्तव्यका लागि चिनिएको घलेगाउँमा दुई महिनाअघि प्रतिदिनजसो दुई सय हाराहारीमा पर्यटक आउँथे । हिजोआज भने दिनकाे दुई जना पर्यटक पनि मुस्किलले आएका हुन्छन् । ४४ घर होमस्टे भएको घलेगाउँवासी कामविहीन छन् ।

असारको दोस्रो साताबाट भने पर्यटक आउनै छाडेको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घले बताए । भदौ अन्तिमबाट पर्यटक बढ्ने उनको दाबी छ । घलेगाउँमा ४४ होमस्टे छन् । तिनमा तीन सयभन्दा बढी पर्यटक अटाउँछन् । यसअघि पनि असार, साउन र भदौमा खासै पर्यटक नआउने पर्यटन समितिका सचिव उमलबहादुर विकको भनाइ छ । पर्यटकले आउन चाहना गरे पनि बाटोले समस्या बनाएको पर्यटन व्यवस्थापन समिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङले बताए ।

घलेगाउसगै भुजुङ, काउलेपानी र राइनासकोटमा पनि यति बेला पर्यटक आएका छैनन् । लमजुङका अन्य ठाउँका होमस्टेमा पनि अहिले पर्यटकको चहलपहल छैन । खासुर, घनपोखरा, सिउरुङ, घेर्मु रकडार्गेन, पसगाउँ, तुर्लुङकोट, भुस्मेलगायत गाउँ पनि सुनसान छन् ।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  १ : ३५ बजे

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले