२० मंसिर २०८२, शनिबार | December 7, 2025

रुपन्देहीमा भलिबलको छनोट : पुरुषतर्फ तिलोत्तमा, महिलातर्फ बुटवल उपमहानगरपालिका विजयी



बुटवल । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रुपन्देहीमा भलिबल खेलाडीको छनोट प्रकृया सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितीको आयोजना तथा जिल्ला भलिबल संघ रुपन्देहीको सहयोगमा भएको छनोट प्रतियोगितामा पुरुषतर्फ तिलोत्तमा नगरपालिका तथा महिलातर्फ बुटवल उपमहानगर विजयी भएको छ ।

छनोट प्रतियोगिता अन्तरगत बुधबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ तिलोत्तमा नगरपालिकाले देवदह नगरपालिकालाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट देवदहले २६-२८ को अङ्कसहित आफ्नो नाममा पार्न सफल भएको थियो । दोस्रो सेटमा भने तिलोत्तमाले देवदहलाई पछि पार्दै २५-२१ को सेटमा जित दर्ता गरेको थियो । वेस्टअफ थ्रीका आधारमा खेलाइएको खेलको अन्तिम खेलमा तिलोत्तमाले देवदहलाई ११ अंकमा रोक्दै जित दर्ता गरेको थियो । यो खेलसँगै देवदहले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

यसैगरी तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा बुटवल उपमहानगरपालिकाले जित दर्ता गरेको छ । बुटवलले सुद्धोधन गाउँपालिकालाई २-१ को सोझो सेटमा विजयी हासिल गरेको हो । यसैगरी महिला तर्फ बुटवल उपमहानगरले तिलोत्तमालाई हराउँदै विजयी हुन सफल भएको अफिसियल किसन चन्दले जानकारी दिए । बुटवलले २-१ को सोझो सेटमा तिलोत्तमालाई हराएको हो । प्रतियोगितामा बुटवलसँग पराजित तिलोत्तमा दोस्रो भएको छ भने देवदह नगरपालिका तेस्रो भएको छ । देवदहले कञ्चन गाउँपालिकालाई पराजित गरेको थियो ।

प्रतियोगितामा पुरुष तथा महिला तर्फका विजेता समुहहरुले १५ हजार, उप विजेताले १० तथा तेस्रो हुने समूहले नगद ५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कार वितरण कार्यक्रममा बोल्दै तिलोतमा नगर प्रमुख रामकृष्ण खाँडले खेलकुदले खेल्ने खेलाडी मात्र नभई समाज सुधारमा समेत महत्वपूर्ण भूमिका निभाउने उल्लेख गरे । देश विदेशमा परिचित गराउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको उनले बताए । सबै क्षेत्र मिलेर खेलाडीहरुको उत्पादन र खेलका लागि भौतिक संरचना निमार्ण लाग्नुपर्ने बताए

नेपाल भलिबल संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष योग गुरुङ्गले आयोजित प्रतियोगितामा सबै खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको भन्दै आगामी दिनमा थप प्रगति हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे । जिल्ला भलिबल संघ रुपन्देही अध्यक्ष सुरेन्द्र शाक्यले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन आयोजित छनोट प्रतियोगिता भव्य सभ्य रुपमा सम्पन्न भएको दाबी गरे । मणिमुकुन्द भलिबल क्लबको विशेष सहयोगमा छनोट प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  ९ : ११ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल