२० मंसिर २०८२, शनिबार | December 6, 2025

अल्फाबिटाको अवैध संरचनामा अन्तत: चल्यो डोजर



काठमाडौं । भवनको पार्किङमा नक्शा पास विपरित अवैध संरचना बनाएर भाडा असुलिरहेको नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

महानगरप्रमुख बालेन्द्र शाहसँग अल्फाबिटाका संचालकले भवन मापदण्डअनुसार रहेको दाबी गर्दै शाहलाई डन नबन्न चेतावनी दिएको केही घण्टाभित्रै महानगरपालिकाले डोजर चलाएको हो । भवनको नक्शा र डोजर लिएर संरचना भत्काउन शाह स्वयं उपस्थित भएका थिए ।

अल्फाबिटाले भवनको भुईतल्लालाई पार्किङ भनेर नक्शा पास गराएपनि त्यहाँ फार्मेसी संचालन गरेर भाडा असुलिरहेको थियो । पार्किङ भने पैदल यात्रु हिँड्ने सडकपेटीा गराएको थियो ।

मेयर शाहले अवैध संरचना हटाउन निर्देशन दिएपनि अटेर गरेका अल्फाबिटाका संचालकहरुले नक्शा र डोजरसहित महानगरका प्रतिनिधिहरु पुगेपछि गल्ती स्वीकार गर्दै संरचना नभत्काउन र केही समय दिन आग्रह गरेका थिए । तर, महानगरको टोलीले उनीहरुको आग्रह अस्वीकार गर्दै फार्मेसी खाली गर्न लगाएर भत्काएरै छोडेको छ ।

अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना भत्काएर आफूले के बिराएँ भन्दै बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

अल्फाबिटा कम्प्लेक्सका प्रतिनिधिले नक्सा मागेपछि आफू नक्सासहित पुगेर बनेका अवैध संरचना भत्काएको भन्दै बालेनले भने, ‘ उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ?

अवैध संरचना भत्काउन सबैलाई आग्रह गरेका बालेनले लेखेका छन्, ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैँ बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइ दिनुहोला ।’

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ४ : २० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले