३ चैत्र २०८२, मंगलबार | March 17, 2026

लुम्बिनी बिश्वबिद्यालयको प्रथम सभा सम्पन्न, खजुरामा केन्द्रीय कार्यालय खोल्ने निर्णय



बुटवल । लुम्बिनी प्रदेश प्राबिधिक बिश्वबिद्यालयको प्रथम सभा सम्पन्न भएको छ । बिश्वबिद्यालय सभाका कुलपति प्रदेश मुख्यमन्त्री कुल प्रसाद केसीको अध्यक्षतामा बसेको सभाले प्रदेशसभाले बिश्वबिद्यालयका लागि बिनियोजित बजेटलाई स्विकृत गर्दै बाँडफाँटको कार्ययोजना बनाएको छ भने प्रदेश बिश्वबिद्यालय कोषको स्थापना समेत गरेको छ ।

बिश्वबिद्यालयका रजिष्ट्रार रेग भण्डारीका अनुसार बिश्वबिद्यालयको केन्द्रीय कार्यालय बाँकेको खजुरामा स्थापना गर्ने, बिश्वबिद्यालयका लागि आवश्यक अस्थायी कर्मचारीको दरबन्दी सृजना गरि स्विकृत गर्ने, बिश्वबिद्यालय ऐन बमोजिम बिनियमावली बनाई पदाधिकारी तथा कर्मचारीको सेवा सुबिधाको व्यवस्था गर्ने लगायतको निर्णय गरिएको छ ।

प्रदेश बिश्व बिद्यालय स्थापनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ७ करोड बजेट बिनियोजन गरेको छ । सरकारको निर्णयसँगै खजुरा गाँउपालिकाले गाँउपालिकाको ८ नम्बर वडामा रहेको एकसय बिगाहा बढी जग्गा बिश्वबिद्यालयको नाममा हक हस्तान्तरणका लागि सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

बिश्वबिद्यालय ऐन अनुसार सभामा मुख्यमन्त्री कुलपति, शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था रहेको छ भने प्रदेश सरकारले उपकुलपतिमा डा. बिनोद ढकाल, रजिष्ट्रारमा डा. रेग भण्डारीलाई नियुक्त गरेको छ । बिधानमा प्रदेशका मुख्य सचिव, शिक्षा मन्त्रालयका सचिव, अर्थ तथा सहकारी मन्त्रालयका सचिव, आन्तरिक तथा कानुन मन्त्रालयका सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

बैठकमा प्रदेश सरकारका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, खजुरा गाँउपालिका अध्यक्ष डम्बर बिकको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ५ : २१ बजे

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै

रवि लामिछानेविरुद्धको रिटमा आज पनि निरन्तर सुनुवाइ हुने

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा