६ श्रावण २०८३, बुधबार | July 22, 2026

उपप्रमुखको तिजीगीतले झुम्यो बुटवल उपमहानगरको तिज मिलन



दुवै पाथि धान दिनुस् अहिले तिज मान्नलाई,

तिज पछि आउने छु बाझो खन्नलाई….

बुटवल । सधै काममा ब्यस्त हुने कामकाजी महिला बिहिबार चिटीक्क सारीमा सजिएको देख्दा चिन्न हम्मे हम्मे परेको थियो । कर्मचारी महिला आफ्नै कार्यलय पोशाकमा सधै जसो देखिने , प्रहरी महिला आफ्नै पोशाकमा आफ्नै कर्ममा खटिएका देखिन्थे तर बिहिबार बिभिन्न क्षेत्रमा कार्यरत सबैजसो महिला सारी र कुर्ता सुरवालमा सजिएका थिए । कामको बोझबाट अलि टाढा भएर तीजको रमाइलोमा सबै खुशी देखिन्थे । नगरका महिला जनप्रतिनिधि,कर्मचारी ,बिभिन्न संघ सस्थामा आवद्ध महिला ,पत्रकार महिला , स्वास्थ्य स्वयंसेवक महिला,महिला प्रहरीको बाक्लो उपस्थितीले हल खचाखच भरिएको थियो । प्राय कार्यक्रममा सिमित ब्यक्तिहरु देखिने हलमा महिलाहरुको बाक्लो उपस्थितीले माहोललाई रमाईलो बनाएको थियो । मन्चमा नगरका प्रमुख , प्रमुख प्रशासकीय अधिकृत सहित अर्का एक जना पुरुष बाहेक सबै महिला देखिन्थे । यो दृश्य थियो ,बुटवल उपमहानगरपालिकाले आयोजना गरेको उपप्रमुख तीज मिलन कार्यक्रमको ।

बिहिबार वुटवल उपमहानगरपालिकाको आयोजना र नेपाल नगरपालिका कर्मचारी एशोसियसन ईकाइ समिति वुटवल उपमहानगरपालिकाको व्यवस्थापनमा उपप्रमुख तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । समान्यतया प्रमुख अतिथि वा विशेष अतिथिहरुले पट्यार लाग्दो भाषण र आदर्शका कुरा गर्ने गरिएपनि कार्यक्रममा बुटवल उपमहानगरकी उप प्रमुख साबित्रा देबि अर्याल त्यसो गरिनन् । उनले त आयोजकसँगै भाका मिलाएर गीत पो गाउन थालिन् । पंचायती व्यवस्थाका बिरुद्ध लुकिलुकि तिजको गीत गाएर संगठन बनाउँदै हिँडेकी साबित्राले त्यतिबेलैको भाकामा दुखि गरिवकै भाका निकालिन् ।

दुवै पाथि धान दिनुस् अहिले तिज मान्नलाई
तिज पछि आउने छु बाझो खन्नलाई ।
अर्को साल तिजमा भेट भईन्छ भइन्न
अहिलेको तिजमा नाचौ बरिलै……

उपप्रमुखको भाकाको कार्यक्रमका सहभागी उठेर छमछमी नाँचेका थिए । पछिल्लो समयमा पुराना भाकामा गाईने तिजका गीतहरु सुन्न कमै पाईने बेलामा साबित्राले गीतमा लय हालेर गाउँदा साच्चिकै तीजको पुरानो झल्को मेटिन्थ्यो ।

अर्यालले कार्यक्रममा मन्तब्य दिने बेला झण्डै ४ वटा गीतका टुक्का गाएकी थिइन् । कार्यक्रमा बोल्दै उपप्रमुख सावित्रा देवि अर्यालले धनि र गरिबको असमानताका लागि विभिन्न अधिकारका लागि लडाई लडेको स्मरण गर्दे तिज पर्वलाई पनि समृद्ध र समानता संग जोडन अनुरोध गरिन् ।

पहिले घाँस दाउरा , मेलापात, चुल्हो चौकामा मात्र सिमित महिलाहरु आज समृद्ध र अधिकारका लागि एकजुट हुन सफल भएको उनको भनाई छ । उपप्रमुख अर्यालले महिला आन्दोलनका रूपमा तीज पर्वलाई मनाउनुपर्ने बताउँदै तीजमा केही विकृतिहरू बढ्न थालेकाले त्यस्ता विकृति हटाउदै प्रगतिशील बनाउनुपर्ने सुझाव दिईन् ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले महिलाका पीडा व्यक्त गर्ने चाडले सकारात्मक सन्देश प्रवाह गर्दै समाज विकासमा योगदान गर्नुपर्ने बताए । उनले तीजलाई महिला अधिकार र महिलाको क्षमता अभिवृद्धिसँग जोडेर अभियानका रूपमा मनाउनुपर्ने आवश्यकता बढ्दै गएको बताए ।

अर्यालले माइतीको र दिदिबहिनीको माया झल्किने भन्दै कार्यक्रममा उपस्थित महिलाहरूलाई टिका पोते उपहार प्रदान गरेकी थिईन् ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ११ : १२ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज