२२ भदौ २०८३, सोमबार | September 7, 2026

आजबाट ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा



काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रकाश’ र ‘राधा’ आजबाट प्रदर्शनमा आएका छन् । दिनेश राउत निर्देशित ‘प्रकाश’ र सुवर्ण थापा निर्देशित ‘राधा’ एकैदिन रिलिज भएका हुन् ।

यी दुवै चलचित्र बक्सअफिसमा अपेक्षा गरिएका सिनेमा हुन् । दुवै चलचित्रले प्रिमियर सोमा राम्रो प्रतिक्रिया पाएका छन् । ‘प्रकाश’मा मुख्य पात्र प्रदीप खड्का छन् । जो नेपाली चलचित्र उद्योगमा कमर्सियल चलचित्रमा मात्रै अभिनय गर्दै आएका कलाकार हुन् । तर, यो चलचित्रमा भने उनी चरित्र अभिनयमा होमिएका छन् ।

यता, ‘राधा’मा मुख्य पात्रमा पूर्वमिस नेपालसमेत रहेकी नायिका श्रृष्टि श्रेष्ठ छिन् । श्रृष्टिसँगै यो चलचित्रमा स्टार कलाकारको भिड छ । दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, मेनुका प्रधान, बुद्दि तामाङलगायत छन् ।

प्रकाशमा भने प्रदीपका अलावा मुख्य पात्रमा दीया मास्के र रेणु योगी छन् । रेणुका लागि ‘प्रकाश’ डेब्यु मुभी हो ।

‘प्रेम गीत’ सिरिजबाट स्टार बनेका प्रदीपको युवा पंक्तिमा लोभलाग्दो क्रेज ‘प्रकाश’का लागि मेरिट हो । ‘राधा’का लागि अहिले अभिनयका हिसावले चलेका अधिकांश कलाकार हुनु प्लस पोइन्ट छ ।

‘प्रकाश’ले आक्रामक प्रचार गरेको छ । तर, रिलिजको पूर्वसन्ध्यामा चिनिया फिल्म फेष्टिभलमा ‘राधा’ प्रदर्शन हुनु उसका लागि सुखद पक्ष हो । चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुने ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल, २०२२’ मा ‘राधा’ प्रदर्शनका लागि छनोट भएको छ ।

यता, ‘प्रकाश’ले रिलिज पूर्वनै अन्तर्राष्ट्रिय बजारको राइट्स र डिजिटल राइट्सबाट लगानीको ७५ प्रतिशत उठाइसकेको छ ।

अपेक्षित चलचित्र एकैदिन बजारमा आउँदा कसले कति सो पाउँछन्, त्यसले पनि बक्स अफिस केही हदसम्म निर्धारण गर्छ । तर, यी दुबै चलचित्रले अपेक्षित सो पाएका छैनन् । बलिउडबाट ‘लाइगर’ आएपछि यी चलचित्र सीमित सिटमा खुम्चिएका छन् । ‘लाइगर’ बिहीबारबाटै रिलिज भइसकेको छ ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  ७ : ०७ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा