२३ चैत्र २०८२, सोमबार | April 6, 2026

एक महिनामा ७६ करोडभन्दा बढीको ल्यापटप र नोटबुक (नोटप्याड) नेपाल भित्रियो



काठमाडौं । नेपालमा एक महिनामा विभिन्न देशबाट ७६ करोड रुपैयाँभन्दा बढीको ल्यापटप र नोटबुक भित्रने गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा उक्त मूल्य बराबरको ल्यापटप र नोटबुक नेपालमा भित्रिएको हो ।

भन्सार विभागका अनुसार गत साउन महिनामा नेपालमा ७६ करोड ३६ लाख ६९ हजार रुपैयाँको ल्यापटप र नोटबुक भित्रिएको छ ।

सो मूल्यमा १२ हजार ६४५ थान ल्यापटप र नोटबुक नेपालले आयात गरेको विभागले जनाएको छ ।

नेपालमा सबैभन्दा बढी मूल्यको ल्यापटप र नोटबुक चीनबाट आउने गरेको छ । गत महिना मात्र चीनबाट नेपालले ७४ करोड ४९ लाख ७६ हजार रुपैयाँको ल्यापटप र नोटबुक आयात गरेको छ ।

चीन बाहेक नेपालमा अष्ट्रेलिया, भारत, जापान, दक्षिण कोरिया, कुवेत, लिथुवानिया, मलेसिया, नर्वे, पोल्याण्ड, सिंगापुर, युएई, बेलायत, अमेरिका र नामिबियाबाट ल्यापटप र नोटबुक आउने गरेको छ ।

गत आर्थिक वर्ष २०७८र७९ को साउन महिनामा नेपालले विभिन्न देशबाट १ अर्ब ४७ करोड ४ लाख २८ हजार रुपैयाँको ल्यापटप र नोटबुक आयात गरेको थियो ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  १ : १७ बजे

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौं । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु

सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा