११ असार २०८३, बिहिबार | June 25, 2026

प्रिमियर लिगमा सिटी, युनाइटेड र चेल्सी विजयी



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले संघर्षपूर्ण जित निकालेको छ ।

ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेका निर्णायक गोलमा म्यानचेष्टर युनाइटेडले शनिबार चाडो गरि भएको खेलमा भ्रमणकारी टोली साउथह्याम्पटनलाई १-० ले पराजित गर्याे । खेलको ५५ औं मिनेटमा ब्रुनोले गरेको गोलमा युनाइटेडले महत्वपूर्ण तीन अंक हासिल गर्याे ।

जितसँगै युनाइटेड चार खेलबाट ६ अंक बनाए सातौं स्थानमा छ । यता, चार खेलमा चार अंक जोडेको साउथह्याम्पटन १४ औंं स्थानमा छ ।

अर्काे रोमाञ्चक खेलमा एर्लिङ हाल्यान्डले ह्याट्रिक मद्दतमा म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन ४-२ को जित निकाल्यो ।

जोन स्टोनेसले खेलको चौथो मिनेटमा आत्माघाति र जोआचिम एन्डरसनले २१औं मिनेटमा गोल गरेपछि प्यासेस पहिलो हाफमा २-० अघि रह्यो । बर्नान्डो सिल्भाले ५३औं मिनेटमा गोल गर्दै अग्रता २-१ मा झारे । ६२ औं मिनेट हाल्यान्डले गोल गर्दा खेल २-२ को अवस्थामा पुग्यो । यसपछि हाल्यान्डले ७०औं र ८१औं मिनेटमा ह्याट्रिक पूरा गर्दै सिटीको जित सुनिश्चित गरे ।

जितपछि सिटी ४ खेलबाट १० अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । पराजित क्रिस्टल प्यालेस ४ खेलबाट ४ अंक जोड्दै १३ औं स्थानमा छ ।

यता, चेल्सीले लेस्टर सिटीलाई २-१ ले हरायो । १० खेलाडीमा सिमित चेल्सीको जितमा रहिम स्टर्लिङले दुई गोल गरे । लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काए ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ६ : ४५ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा