८ चैत्र २०८२, आइतबार | March 22, 2026

त्रिवि ३ सय दिनदेखि बन्धक



काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लामो समयदेखि तालाबन्दी गर्दा विश्वविद्यालय बन्धक बन्न पुगेको छ ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा विश्वविद्यालयका कुलपति हुन् । उनीनिकटको विद्यार्थी भ्रातृ संगठन नेविसंघले भने महिनौं दिनसम्म त्रिविमा तालाबन्दी गरेर बन्धक बनाइरहेको छ तर उनी भने मौनता साँधेर बसिरहेका छन् । नेविसंघसहित विभिन्न संघसंगठनले लगाएको तालाबन्दी जोड्ने हो भने विश्वविद्यालयमा ३ सय दिन तालाबन्दी भइसकेको छ । तालाबन्दी कहिले खुल्ने भन्ने अझै ठेगान छैन ।

मुख्य गरेर नेविसंघले भ्रष्टाचार, अनियमितताजस्ता मुद्दा उठाएर लामो समयदेखि त्रिविलाई बन्धक बनाएर प्रशासनिकलगायतका काममा अवरोध गर्दै आए पनि कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवा र सहकुलपतिसमेत रहेका शिक्षामन्त्री देवेन्द्र पौडेलले समस्या हल गर्न तत्परता देखाएको पाइएको छैन ।

विश्वविद्यालयमा ३ सय दिनसम्म तालाबन्दी हुँदासमेत कुलपति तथा सहकुलपतिको ध्यान नपुग्नु र समस्या समाधानका लागि आवश्यक पहल नगरेको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीको आलोचनासमेत हुन थालेको छ । नेविसंघले आफ्ना माग सम्बोधनका लागि फरक तरिकाले संघर्षका कार्यक्रम गरेर जाने विकल्प हुँदाहुँदै प्रशासनिकलगायतका काम ठप्प हुनेगरी तालाबन्दी गर्दै आइरहेको हो ।
नेविसंघको तालाबन्दीको विषयलाई लिएर आइतबार विश्वविद्यालय परिसरमा झडपका हँुदा त्रिवि परिसर रणमैदानजस्तै बन्न पुग्यो । नेकपा एमालेनिकट अनेरास्ववियुले नेविसंघले लगाएको तालाबन्दी तोडेको थियो । त्यसक्रममा दुई विद्यार्थी संगठनबीच झडप भएको होे । झडपका क्रममा दुवै पक्षका केही विद्यार्थी नेता कार्यकर्ता घाइतेसमेत भएका छन् । ताला खोल्ने विषयमा यसअघि पनि नेविसंघ र अन्य संघ संगठनबीच झडप हुँदै आएको छ । अनेरास्ववियुले तोडेको ताला नेविसंघले पुनः लगाएको छ ।

नेविसंघले उपकुलपति, रजिस्ट्रार र त्रिवि लेखा शाखामा तालाबन्दी गरेपछि शुक्रबार त्रिवि कार्यकारी परिषद्को बैठक जमलस्थित एल्लो प्यागोडा होटलमा बसेको थियो । सोही बैठकमा नेविसंघको एक समूहले कार्यकारी परिषद्का विगतका निर्णयसहितको पुस्तिका र अन्य महत्वपूर्ण कागजपत्र र फाइल कब्जासमेत गरेको थियो । सो समूहले कब्जा गरेको कागजात शिक्षामन्त्रीलाई बुझाएको जनाएको छ ।

त्रिविले आइतबार पत्रकार सम्मेलन गरेर उपकुलपतिको कार्यालयमा तोडफोड गरेको, उपकुलपतिको कार्यालय करिब डेढ महिना तालाबन्दी गरेको, वरिष्ठताका आधारमा समाजशास्त्र केन्द्रीय विभागमा विभागीय प्रमुख नियुक्त नगरेको विरोधमा दुई महिनाभन्दा बढी तालाबन्दी गरेको र सोही ताला खोल्नुपर्छ भनेको आधारमा उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुनेगरी कुटपिट गरेको जनाएको छ ।

त्रिविले अन्य निकायमा पनि तालाबन्दी गरिनुका साथै गएको ७ माघदेखि लगातार पाँच महिनाभन्दा बढी समय तालाबन्दी गरेको र अन्य विभिन्न समूहले गरेको तालाबन्दी जोड्दा विश्वविद्यालयमा ३ सय दिनभन्दा बढी समय तालाबन्दी भइसकेको जनाएको छ ।

‘यस्तो अवस्थामा विश्वविद्यालयमा बसेर काम गर्ने वातावरण छैन, शिक्षक कर्मचारीमा एक किसिमको त्रास छ,’ प्रेस नोटमा भनिएको छ ।

नेविसंघले प्रश्नपत्र हुबहु छाप्ने दोषीलाई कारबाही हुनुपर्ने माग राखेर दोस्रो चरणको आन्दोलनअन्तर्गत पुनः विश्वविद्यालयमा तालाबन्दी गरेको हो । विश्वविद्यालयले भने प्रश्नपत्रमा हुबहु गर्नेलाई तीन वर्षसम्म परीक्षा र पठनपाठनमा सहभागी हुन नपाउने कारबाही गरिसकेको जनाएको छ । विश्वविद्यालयले दोषीको नाम सार्वजनिक गर्दा सुरक्षामा खतरा हुने भन्दै नाम गोप्य राखेको छ । नेविसंघ भने यसै विषयलाई आक्रमक बनेको पाइएको छ । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  ८ : ४७ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु