११ बैशाख २०८१, मंगलबार | April 23, 2024

पुस्तकालयमा पढ्न झिसमिसेमै विद्यार्थीको लाइन



काठमाडौं । खेम पाठक अचेल गोङ्गबुबाट हरेक दिन बिहान ५ बजे नै त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुर पुग्छन । विहान ५ बजे नपुग्ने हो भने पुस्तकालयभित्र छिर्नै मुस्किल पर्ने उनले बताए । लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धाको तयारीमा रहेका पाठकको बिहानदेखि साँझ ६ बजेसम्मको समय पुस्तकालयभित्रै बित्छ । पुसको ठन्डीमा सिउसिउ गर्दै थानकोटका कृष्ण रिजालको पनि दैनिकी उस्तै छ । उनले पनि नेपाल राष्ट्र बैङ्कको परीक्षाको तयारी गरिरहेका छन ।

पाठक र रिजाल मात्रै होइन, अहिले दैनिक सयौँ विद्यार्थीहरु केन्द्रीय पुस्तकालयमा पढ्न बिहानै कीर्तिपुर पुग्ने गरेका छन् । पुस्तकालयभित्र बसेर अध्ययन गर्न विशेष र सामान्य गरी दुईथरी अध्ययन कक्ष छन् । विशेष अध्ययन कक्षमा विद्यार्थीको आकर्षण बढी छ । यसमा तीन कोठा छन् । एउटा कोठामा ४० जना बस्न पाउँछन् । पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठका अनुसार तीन कोठामा १२० जना मात्रै अटाउँछन् ।

समयमै नआउने हो भने बस्न कुर्सी अभाव हुने र भित्र छिर्नै नपाउने त्रासका कारण विद्यार्थीहरु एकाबिहानै लाइन लाग्ने गरेको उनले बताए ।

यो कक्ष बिहान ६ देखि बेलुका ६ बजेसम्म खुल्छ । यसमा बिजुली, पानी, शौचालय तथा आरामदायी कुर्सी छन् । इन्टरनेट सुविधा पनि छ । साथै आफ्नै पुस्तक लगेर पढ्न पनि पाइन्छ ।

अर्को कक्ष भने बिहान नौ बजे मात्रै खुल्छ । यहाँ विद्यार्थीले आफैँ पुस्तक लिएर जान पाउँदैनन् । पुस्तकालय प्रमुख श्रेष्ठले भने, “सामान्य कक्षमा विद्यार्थीबाहेक जो कोही पनि आएर एकछिन पढेर जान पाउँछ तर आफ्नै सामग्री लिएर प्रवेश गर्न पाउँदैन । यही भएर पनि विशेष कक्षमा विद्यार्थीको आकर्षण बढी छ । ”

विशेष कक्षमा पढ्ने अधिकांश विद्यार्थी सरकारी जागिरको तयारी गर्ने हुन्छन् । सबैको उद्देश्य एकै हुने भएकोले पनि त्यहाँ बसेर पढ्दा थप आनन्द आउने अध्ययन कक्षमा भेटिएका दिनेश अधिकारीले बताए । उनि पनि नेपाल राष्ट्र बैङ्कको परीक्षाको तयारीमा छन ।

त्यहाँ पढ्न आउने विद्यार्थीले खाना तथा खाजा पनि नजिकैको क्यान्टिनमा खान्छन् । खाना ९० रुपियाँमै पाइन्छ । खाजा तथा चियासमेत सस्तोमा पाइने हुनाले विद्यार्थीहरु बिहान आएदेखि बेलुका मात्रै घर फर्कन्छन् ।

पढाइप्रति विद्यार्थीको लगनशीलता देखेर विश्वविद्यालयका पदाधिकारीहरूले समेत चासो राखेको पुस्तकालय प्रमुख श्रेष्ठले बताए । उनका अनुसार पुस्तकालयमा बसेर पाँच करोडभन्दा बढी स्रोत सामग्री प्रयोग गर्न सकिन्छ । जसमा अडियो, भिडियो, जर्नल, शोधग्रन्थलगायतका छन् । आजको गोरखापत्र दैनिकमा सूर्यप्रसाद पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ७ : ४६ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको