३ चैत्र २०८२, मंगलबार | March 17, 2026

मुक्तिनाथद्वारा बुटवलमा वित्तीय साक्षरता अभिमुखिकरण



बुटवल । मुक्तिनाथ बिकास बैंक लिमिटेडले बुटवलमा सोमबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मुक्तिनाथको लघु बैंकिङ विभाग डेस्क कार्यालय बुटवल अन्तरगत रुपन्देही तथा पाल्पाका विभिन्न ५० बढी केन्द्रका प्रमुख तथा उपप्रमुखहरुलाई वित्तीय साक्षरता सम्बन्धि अभिमूखिकरण गरेको हो ।

रुपन्देहीका बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, सुद्धोधन गाउँपालिका र पाल्पाको तिनाउ गाउँपालिकामा रहेका महिलाहरुको लघुबैंकिङ केन्द्रका प्रतिनिधिहरु सहभागी कार्यक्रममा प्रमुख अतिथी बुटवल उपमहानगर उपप्रमुख सावित्रा अर्याल रहेकी थिइन् । लघुवित्तले महिलाहरुको वित्तीय साक्षरताका लागि कृषि, पशुपालन, घरेलु तथा साना उद्योग उञ्चालन लगायत उत्पादनसँग जोड्नेगरी लगानी गर्दै आएको बैंकले जनाएको छ । बैंकका केन्द्रीय कार्यालय प्रतिनिधि प्रेम थापा, क्षेत्रीय प्रतिनिधि राजेन्द्र घिमिरे, अनुगमन अधिकृत सागर अर्याल तथा बैंकका बुटवल शाखा प्रमुख कमल देवकोटाले बोल्दै सानो लगानीबाट पनि ठूलो उद्यमी बन्न सकिने बताए । कुनैपनि क्षेत्रमा लगानी गर्नुपूर्व त्यसको सम्भाव्यता अध्ययनमा जोड दिनु पर्ने उनीहरुको सुझाव छ ।

यसैगरी बैंकको समेत सेयर लगानी रहेको मुक्तिनाथ कृषि कम्पनीका प्रमुख सन्तोष अधिकारीले बजारको माग र आपूर्तिमा असन्तुलनका कारण समस्याहरु आउने गरेको बताए । उत्पादनपछि मात्रै बजार खोज्ने प्रचलनले मुल्य नपाउने समस्या रहेको बताउँदै उनले सरकार तथा स्थानीय तहहरुले समेत आफ्नो भूगोल सुहाउँदो परियोजनाहरु बनाउन आश्यक रहेको बताए ।

नेपालमा आर्थिक बिकासको प्रमुख आधार नै कृषि उत्पादन भएको बताउँदै उनले कृषिलाई सम्मान दिनु पर्ने तथा कृषिलाई संस्थागत गराउन आवश्यक रहेको औल्याए । युवा पुस्तामा कृषिको आकर्षणका लागि आधुनिक कृषि औजार तथा प्रविधिसँग जोड्न आवश्यक रहेको सहभागीहरुले बताए । मुक्तिनाथ लघु बैंकिङ बुटवलका डेस्क प्रमुख विकेक थारुको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  ३ : ४५ बजे

हुरीबतासबाट रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको