३१ भदौ २०८३, बुधबार | September 16, 2026

मुक्तिनाथ बैंकले मनायो १७ औं स्थापना दिवस, स्थापना दिवसको अवसरमा एकैपटक १३ शाखा विस्तार



बुटवल । मुक्तिनाथ बिकास बैंकले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । बैंकले स्थापनाको १७ औ बर्ष प्रवेशको अवसरमा देशव्यापी रुपमा विभिन्न कार्यक्रको आयोजना गरी स्थापना दिवस मनाउने भएको हो ।

‘जनता बैंकमा होइन, बैंक जनताको माझमा’ जानु पर्दछ भन्दै स्थापना भएको बैंकले स्थापना दिवसको अवसरमा एकैसाथ १३ वटा नयाँ शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टरहरुको समुद्घाटन गरेको छ । डिजिटल माध्यमद्धारा केन्द्रीय कार्यालय मार्फत देशभरका विभिन्न १३ स्थानमा शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टरको उद्घाटन गरिएको बैकले जनाएको छ ।

बैंकको शाखा कार्यालको उद्घाटन गर्दै बैकका अध्यक्ष भरत राज ढकालले निरन्तर रुपमा स्थापना देखी हाल सम्म पनि मुक्तिनाथ बिकास बैकलाई साथ दिने सम्पुर्ण शेयरधनी, ग्राहक बर्ग, कर्मचारी तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् । उनले सबैको साथ र सहयोगकै कारण स्थापनाको छोटो अवधिमा बिकास बैक तर्फ देशकै अग्रणी बैकको रुपमा मु्क्तिनाथ बिकास बैक स्थापीत हुन सफल भएको भन्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै बैकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धी आगामी दिनमा पनि कायम राख्दै अगाडी बढ्ने बताए । उनले पछिल्लो समय बजारमा देखिएका मुद्रा स्फिती, बैकिङ्ग तरलता लगायतका बर्तमान चुनौतीलाई चिर्दै बैंक आगमी दिनमा पनि देशकै अग्रणी बिकास बैकको रुपमा अगाडी बढ्ने उल्लेख गरे ।

समुदायमा बैकिङ्ग साक्षरता सँगै बैक तथा बित्तिय सस्थाहरुले पनि सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न अभियानहरु सञ्चालन गर्नु पर्नेमा जोड दिदै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैकले स्थापना दिवसको अवसरमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना सँगै विभिन्न सामाजीक उत्तरदायीत्व, वित्तिय साक्षरता लगायतका कार्यत्रमहरु संचालन गरेको जानकारी दिए ।

मुक्तिनाथ बिकास बैकले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरी १७४ युनिट रगत संकलन गरेको छ । यस्तै विभिन्न विद्यालयहरु मार्फत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई छात्रवृत्ति तथा विबिध सामग्री वितरण, अस्पताल निर्माणको लागि सहकार्य, स्वच्छ पिउने पानी व्यवस्थापनको लागि सहयोग, बृद्धा अनाथ तथा असहाय बालबालिकाहरुको क्षेत्रमा कार्य गर्ने मानाव आश्रमहरुमा आत्मनिर्भरता बढाउन “मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट” सम्बन्धी सामाग्री हस्तान्तरण र न्यानो कपडा वितरण जस्ता विभिन्न कार्यक्रमहरु गरेको बैकले जनाएका छ ।

 

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ११ : ५८ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०