११ बैशाख २०८१, मंगलबार | April 24, 2024

रामदिपको त्यो तथाकथित ‘कठोर निर्णय’ले बनायो कृष्णालाई मन्त्री



सुर्खेत । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदिप आचार्यले १६ अगष्टमा सामाजिक सञ्जालमा ‘अब कठोर निर्णयको मोडमा’ भन्दै स्टाटस लेखे । उनको त्यो निर्णय के रहेछ भन्दै अधिकांश शुभचिन्तकले उनीमाथि टिप्पणी गरे । त्यसको ठिक पछिल्लो दिन बिहान अर्थात १७ अगष्टमा फेरि आचार्यले कठोर निर्णयबारे थप तीन बुँद्धे स्पष्टीकरण दिँदै लेखे–

१ . रगत, पसिना र आँशुबाट निर्मित पार्टी परिवर्तन कल्पनाभन्दा बाहिरको हावादारी कुरा हो ।

२. समानतावादी आन्दोलन र वैज्ञानिक विचार९पद्धतिको अगाडि कुनै पनि रुपको पद प्राप्ति मेरो लागि तुच्छ सवाल हो ।

३. पार्टी जमेको पोखरी वा शान्त तलाउ होइन बेगवान नदी हुनुपर्छ । त्यसका लागि म बोल्छु किनकि म मान्छे हो , म बोल्छु किनकि म जिवित मान्छे हो , म बोल्छु किनकि म स्वतन्त्र मान्छे हो ।

आचार्यले कठोर निर्णयको मोडमा लेख्दै गर्दा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको बैठक बस्दै थियो । त्यो निर्णय के रहेछ भन्दै माओवादी वृत्तमा खैलाबैलासमेत भयो । सोही समयमा माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ललाई प्रदेशसभाका सदस्य तथा कर्णाली प्रदेश माओवादी अध्यक्ष विमला केसीले अब कृष्णा शाहलाई मन्त्री नबनाउने हो भने खतरा हुने देखियो भन्दै रिर्पोटिङ गरिन् ।

इन्चार्ज मल्लले तपाइँ कुनै निर्णय लिनुपर्दैन कृष्णा कमरेडलाई मन्त्री बनाइन्छ भन्दै आचार्यलाई जवाफ फर्काए । त्यो सन्देश पाएलगत्तै आचार्यले फेरि १७ अगष्टमा तीन बुँद्धे स्पटीकरण भन्दै अर्को स्टाटस लेखे । त्यो स्पस्टीकरणमा ‘म माओवादी पार्टीभित्र प्रतिवद्ध छु’ भन्ने उल्लेख छ । कर्णाली प्रदेशका पार्टीको हरेक बैठकमा समेत आचार्य र शाहले अब सरकारको विषयमा के हुन्छ भन्दै पटक पटक एजेण्डा बनाउने क्रम जारी रहेको माओवादी वृतमा चर्चा छ ।

आचार्यलाई मन्त्री बनाएपछि एक मात्र मन्त्री बन्न बाँकी रातो कामीलाई किन छुटाउने भन्दै माओवादीभित्र छलफल सुरु भयो । छलफलले दुवैलाई मन्त्री बनाउने भन्दै निर्णय गर्‍यो । निर्णय त गर्‍यो फेरि मन्त्रालय बाँडफाँडमा झमेला सुरु भयो ।

जाजरकोटकै गणेशप्रसाद सिंहले लिएको मन्त्रालयमा जाजरकोटकै कृष्णा शाहलाई बनाउँदा त्यसको सन्देश राम्रो नजाने भन्दै रामदिप आचार्यले आर्थिक मामिला मन्त्रालय आफ्नो श्रीमतीलाई मन्त्री बनाउनुपर्ने तर्क गरे । त्यो तर्कमा उनी खरो रुपमा उत्रिएपछि आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा रामो कामीलाई नियुक्त गरियो । यो मन्त्री फेर्ने कुरामा मुख्यमन्त्री जीवनबहादुर शाहीलाई चित्त बुझेको छैन ।

उनी भन्छन्, ‘काम गर्ने इच्छा , शक्ति भएकालाई फिर्ता बोलाउने कसरी हुन्छ ? यहाँ राम्रो भन्दै राजीनामा दिन आएका मन्त्रीलाई प्रश्न गरेका थिए । ‘तपाइँहरू हुँदा मन्त्रिपरिषद् जस्तो देखिएको थियो अब फेरि बर्बाद भयो’,  मुख्यमन्त्री शाहीले भने ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ११ : ५७ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना