९ भदौ २०८३, मंगलबार | August 25, 2026

व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण



कर्णाली । संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर सम्भावना हुँदाहुँदै व्यवसायीलाई निराशा बनाएको र लगानीकर्तालाई आकर्षण गर्न नसकेको जनाउँदै यहाँका उद्योग व्यवसायीहरुले कर्णाली प्रदेश सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

जल, जंगल, जमिन, जडीबुटी र रत्नपत्थरको खानी कर्णाली प्रदेशमा लगानी भित्र्याउने वातावरण बनाउन नसक्नु सरकारको कमजोरी रहेको भन्दै उद्योग व्यवसायीहरुले सरकारको यस कार्यले निराशा छाएको दुःखेसो गरेका छन् ।

सुर्खेत वीरेन्द्रनगरमा सोमबार पत्रकार भेटघाट कार्यक्रममार्फत नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समिति अध्यक्ष पदमबहादुर शाहीले कोभिड, भूकम्प, जेनजी प्रदर्शन, अन्तर्राष्ट्रिय मूल्य वृद्धि, बैंकको उच्च ब्याजले थला परेको निजी क्षेत्रको मनोबल उठाउन प्रदेश सरकारले भूमिका नखेलेको दुःखेसो गरे ।

उद्योग, कलकारखाना, लगानी र पूर्वाधारको अभावमा पछाडि परेको कर्णालीमा प्रदेश सरकारले गरेका निर्णय, लिइएका नीतिहरुले निजी क्षेत्रमा थप चोट पुर्‍याएको दोषारोपण गर्दै उनले यहाँको विकास र समृद्धिमा सहयोग पुर्‍याउन ११ बुँदे ध्यानाकर्षण पत्र मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको जनाए ।

जसमा कर्णाली राजमार्ग सुधारसहित २४सै घण्टा निर्वाध रुपमा सञ्चालन गर्नुपर्ने, निजी क्षेत्रको सहकार्यमा स्टार्टअफ उद्यमी कार्यक्रम सञ्चालन गर्नुपर्ने रहेको छ ।

कर्णालीको आन्तरिक नियमित हवाई उडान सञ्चालन हुनुपर्ने, कर्णाली सरकारको होटेलमा कार्यक्रम नगर्ने निर्णयको पुनरावलोकन गर्नुपर्ने, कोसेली गृह निःशुल्क रुपमा सञ्चालन तथा नीतिगत सुधार हुनुपर्ने, मेला महोत्सवको सञ्चालन निजी क्षेत्रलाई जिम्मेवारी दिनुपर्ने भन्ने माग राखिएको छ ।

कर्णाली प्रदेशस्तरीय औद्योगिक पर्यटन, उद्योग तथा व्यापार प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने, स्थानीय कृषि तथा उद्यमी प्रवर्द्धनका लागि साप्ताहिक हाटबजार सञ्चालन गर्न माग गरिएको छ ।

लघु औद्योगिक ग्रामका उद्यमी प्रवर्द्धनका लागि हालको भाडा दर घटाउनुपर्ने र सम्झौता अवधि बढाउनुपर्ने र कर्णाली राजमार्ग क्षेत्रका मुख्य बजार क्षेत्रमा होटेल व्यवसाय २४सै घण्टा गर्न पाउनुपर्ने विषय ध्यानाकर्षणमा पत्रमा उल्लेख गरिएको च्याम्बर अफ कमर्स कर्णाली प्रदेश अध्यक्ष चिन्तामणि कँडेलले जानकारी दिए ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ७ : ५२ बजे

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी