२८ माघ २०८२, बुधबार | February 11, 2026

नेप्सेमा राप्ती हाइड्रोको पहिलो कारोबार



काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको पहिलो कारोबार भएको छ । नेप्सेमा बुधबार राप्ती हाइड्रोको पहिलो कारोबार ३ सय १९ रुपैंयामा भएको छ । कम्पनीको आईपीओ मंगलबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो ।

कम्पनीको कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा संस्थापक समूहको ३१ लाख ८६ हजार ५२८ कित्ता, सर्वसाधारणको २३ लाख २८ हजार ६१७ कित्ता र स्थानीयको ६ लाख १२ हजार ९७३ कित्ता छन् । पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम १०६।३५ रुपैयाँदेखि अधिकतममा ३१९।०५ रुपैयाँ तोकेको छ ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले २९ असारदेखि १ साउनसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर बुधबार ९१५ भदौ० देखि दोस्रो बजार कारोबार सुरु भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ करोड ६६ लाख बराबरको २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि, १ लाख १८ हजार ३१२ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २१ लाख ७६ हजार ९४० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । सो २ लाख १७ हजार ६ सय ९४ जना लगानीकर्ताहरूले १० कित्ता सेयर हात पारेका थिए ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  १२ : ३९ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी