१० पुस २०८२, बिहिबार | December 25, 2025

पत्रकार श्रेष्ठ, भट्टराई र कुँवर एकीकृत समाजवादीबाट उम्मेदवारमा सिफारिस



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभागले विभागका उपप्रमुख शम्भु श्रेष्ठ, सदस्य चमिना भट्टराई र राजेन्द्र कुँवरलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि सिफारिस गरेको छ ।

विभाग प्रमुख तथा पार्टी उपमहासचिव जगन्नाथ खतिवडाको अध्यक्षतामा आज पार्टी कार्यालयमा बसेको तेस्रो पूर्ण बैठकले श्रेष्ठलाई सङ्घीय सांसदमा तथा समानुपातिकमा भट्टराई र कुँवरलाई क्रमशः बारा ३(क) र अछाम १(क) बाट प्रदेशसभामा प्रत्यक्ष प्रणालीतर्फ सिफारिस गरेको हो ।

बैठकले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित हुने गरी प्रचारप्रसारलाई तीव्र बनाउन विभाग र समाजवादी प्रेस सङ्गठन नेपालका विभिन्न पदाधिकारी एवं केन्द्रीय सदस्यलाई केन्द्र र भूगोलमा जिम्मेवारी दिने निर्णय गरेको विभागका सचिव प्रकाश खतिवडाले जानकारी दिए । विभागले पार्टी घोषणापत्रमा सञ्चार विषयमा समेटिने बुँदाका लागि विभागका सदस्य र पत्रकारहरूसँग सुझाव पनि मागेको छ ।

विभागले ‘कलम’ न्युज पोर्टल र पत्रिकालाई निरन्तरता दिने, जर्नलका रूपमा पार्टी मुखपत्र ‘समाजवाद’ निर्वाचनअघि नै प्रकाशन गर्ने, व्यापक रूपमा सामाजिक सञ्जाल र सञ्चारमाध्यम परिचालन गर्ने, नियमित रूपमा ‘मिट द प्रेस’ कार्यक्रम आयोजना गर्ने, पार्टी नेता र उम्मेदवारहरूलाई सामाजिक सञ्जालमा आबद्ध गराउनेलगायत सङ्गठन विस्तार, प्रचार सामग्री प्रकाशन तथा उत्पादन आदिबारे पनि निर्णय गरेको छ ।

सो अवसरमा पार्टी उपमहासचिव खतिवडाले वर्तमान गठबन्धनबाट नै बढीभन्दा बढी सिट लिने प्रयास भइरहेको र नेकपा (माओवादी केन्द्र)सँग विभिन्न विषयमा निकटमा रहिरहेको जनाउँदै गठबन्धन असफल भएमा वाममोर्चा बनाउन सकिने सोचाइ पनि रहेको जानकारी दिए । यसैबीच समाजवादी प्रेस सङ्गठनले यही भदौ महिनाभित्र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमस्तरीय भेला तथा बैठक गर्ने विभागका अर्का उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ४ : ११ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका 

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई-रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छ : प्रधानमन्त्री कार्की

। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

१७ वर्षपछि स्वदेश फर्किए तारिक रहमान, ढाकामा भव्य स्वागत

ढाका । बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक