२० मंसिर २०८२, शनिबार | December 6, 2025

साउदीको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधान गर्न थप एकजना कर्मचारी खटाइने



काठमाडौं । साउदी अरबको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानका लागि थप एकजना कर्मचारी खटाइने भएको छ ।

साउदीको रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

साउदीमा रहेका नेपाली कामदारको संख्या मध्ये पूर्वी क्षेत्र दमाम, जुवेल, खब्जी, खोबर, कतिफ, अलहासामा मात्रै झण्डै आधाजसो नेपाली कामदारहरू रहेका छन् ।

‘तसर्थ, आगामी १ कार्तिक २०७९ देखि साउदी अरबको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानको लागि थप एकजना कर्मचारी खटाइने व्यहोरा जानकारी गराइन्छ । कार्तिक १ गते उप्रान्त पूर्वी क्षेत्रमा दूतावासका २ जना कर्मचारीहरू रहनेछन्,’ दूतावासले जनाएको छ ।

सोपश्चात् पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानमा थप सहजता आउने अपेक्षा दूतावासले गरेको छ ।

पूर्वी क्षेत्रमा रहेको नेपाली कामदारहरूको संख्या र समस्यालाई मध्यनजर गरेर दूतावासले पूर्वी क्षेत्रको लागि विगत लामोअवधि देखि छुट्टै एकजना कर्मचारी खटाउँदै आएको थियो ।

पूर्वी क्षेत्रमा अर्को एकजना कर्मचारी व्यवस्था गर्नका लागि राजदूतावासले धेरै अघिदेखि प्रयास गरिरहेको थियो । परिणामस्वरुप वैदेशिक रोजगार बोर्डको सचिवालयबाट दूतावासको लागि थप एकजना कर्मचारीको व्यवस्था गर्ने भएपछि दूतावासले उक्त घोषणा गरेको हो ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  १२ : ५५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय