१६ माघ २०८२, शुक्रबार | January 30, 2026

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लुम्बिनी प्रदेश कमिटिद्धारा मुटुका विरामीलाई आर्थिक सहयोग



बुटवल । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लुम्बिनी प्रदेश कमिटिले एक जना मुटुका विरामीलाई आर्थिक सहयोग गरेको छ ।

कपिलबस्तु बाणगंगा नगरपालिका वडा नंं ८ मधुवनका पुर्ण बहादुर भाट क्षेत्रीलाई जिफन्ट लुम्बिनी प्रदेश कमिटिले आर्थिक सहयोग गरेको हो ।

भाटले जिफन्ट आवद्ध घटक युनियन कृषि मजदुर संघ (फापुन) मा रहेर विभिन्न जिम्मेवारी पूरा गरेका थिए । मुटुको समस्याबाट लामो समय सम्म ग्रसित भएका भाटलाई उपचारमा सहयोग होस भन्ने उद्देश्यले जिफन्ट रास्ट्रिय कमिटी उपाध्यक्ष कमल गौतम, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष हुमकान्त काफले, सचीव सन्तोस के.सी, प्रभा पौडेल, कर्ण लामा, दिल कुमारी भण्डारी, गणेश राना लगायतको टोलीले भाटकी श्रीमती सिता वि.सी लाई ३० हजार रुपैया हस्तान्तरण गरेको थियो ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै जिफन्ट रास्ट्रिय कमिटि उपाध्यक्ष कमल गौतमले संस्थाको सानो सहयोगले अन्य सहयोगीहरुलाई रकम प्रदान गर्न हौसल्ला मिल्ने बताउँदै भाटको सिघ्र स्वास्थ्य लाभको कामना गरे ।

त्यस्तै जिफन्ट लुम्बिनी प्रदेश कमिटी अध्यक्ष हुमकान्त काफले भाटले युनियन कृषि मजदुर संघ (फापुन)मा गरेको कार्यको सम्झना गर्दै स्वास्थ्यलाभको कामना गरे । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जिफन्ट लुम्बिनी प्रदेश कमिटि सचिव सन्तोष के.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  ८ : १७ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र