२० बैशाख २०८३, आइतबार | May 3, 2026

श्रमिकलाई सामाजिक सुरक्षाबारे अभिमुखिकरण



बुटवल । क्युपेक नेपालको आयोजनामा बुटवलमा सामाजिक सुरक्षा, जलवायु परिवर्तन र गुनासो सम्बोधन विषयक दुई दिने अभिमुखिकरण तथा प्रशिक्षण सम्पन्न भएको छ । समारोहको उद्घाटन गर्दै जिफन्टका राष्ट्रिय सचिव हरि कार्कीले देश विकासमा महत्वपूर्ण योगदान दिइरहेका श्रमिकहरू अझै आफ्नो सुरक्षाबाट वञ्चित रहनु परेको उल्लेख गर्दै सरकारको ध्यान यसतर्फ जानुपर्ने बताए ।

सामाजिक सुरक्षा कार्यालय बुटवलका प्रमुख खेम कार्कीले सामाजिक सुरक्षामा आवद्धता प्रक्रियाबारे विस्तृत जानकारी दिँदै, श्रमिकको अंगभंग वा मृत्यु भएमा आजीवन पेन्सनसहितका सुविधा रहेको बताए। स्थानीय सरकारबाट आवद्ध श्रमिकको तथ्याङ्कका आधारमा बजेट बिनियोजन भइरहेको उनले जानकारी दिए ।

क्युपेककी केन्द्रीय अध्यक्ष शान्ता बस्नेतले असंगठित क्षेत्रमा रहेका श्रमिकहरू न्यूनतम सेवासुविधाबाट वञ्चित रहेको बताउँदै, श्रमिकको अधिकारका लागि परिचयपत्र, गास-बास-कपास, शिक्षा, स्वास्थ्य तथा बेरोजगार भत्ताको माग राख्दै आएको बताइन् ।

उनका अनुसार देशका ९ पालिकाबाट श्रमिक सूचिकृत गर्ने तथा सामाजिक सुरक्षामा आवद्ध गराउन बजेट बिनियोजन भएको छ । हाल देशभर १ लाख ८७ हजार ७८७ श्रमिक क्युपेकमा आवद्धता रहेको उनले बताईन ।

कार्यक्रममा क्युपेक रुपन्देहीका अध्यक्ष गंगाराम सुनार, केन्द्रीय सचिव कृतिनिधि विष्ट, केन्द्रीय सदस्य डिलकराम डुम्रे लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ४ : ०४ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता