१६ माघ २०८२, शुक्रबार | January 30, 2026

अगस्टमा ४१ हजार पर्यटक भित्रिए



काठमाडौं । अगस्ट महिनामा हवाई मार्ग हुँदै ४१ हजार ३०४ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यो महिनामा १७२ देशबाट सो सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् ।

नेपाल भित्रिने २४ हजार ९२४ जना पुरुष पर्यटक छन् भने १६ हजार ३७२ महिला पर्यटक रहेका छन् । बाँकी आठ जना पर्यटकलाई भने विभागले अन्य समूहमा राखेको छ । विभागका अनुसार अगस्टमा मात्रै ८० हजार ३५३ जना पर्यटकको आगमन भएको छ ।

अगस्टमा सबैभन्दा धेरै भारतबाट १६ हजार १४७ पर्यटक नेपाल आएका छन् । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट चार हजार ६६ पर्यटक नेपाल भित्रिएका छन् । बेलायतबाट दुई हजार ८२६, बङ्गलादेशबाट एक हजार ७५१, चीनबाट एक हजार २८९ र अस्टे«लियाबाट एक हजार २१० पर्यटक भित्रिएको विभागको तथ्याङ्क छ ।

अगस्टसहित सन् २०२२ को आठ महिनामा नेपाल भित्रिने पर्यटकको कुल सङ्ख्या भने तीन लाख नाघेको छ । विभागका अनुसार यो अवधिमा तीन लाख २६ हजार पर्यटक नेपाल भित्रिएका हुन् । कोभिड-१९ सङ्क्रमणका कारण क्षति बेहोरेको पर्यटन क्षेत्रका लागि पर्यटक सङ्ख्यामा आएको सुधारले भने राहत दिएको छ ।

४३ हजार बाहिरिए

अगस्टमा ४१ हजार पर्यटक भित्रिँदा नेपाल बाहिरिनेको सङ्ख्या भने ४३ हजार २४९ रहेको छ । विभागका अनुसार उक्त अवधिमा २५ हजार ६३६ पुरुष र १७ हजार ५९३ जना महिला पर्यटक बाहिरिएका छन् । त्यस्तै एक लाख ३० हजार ४८६ जना नेपाली पनि अगस्टमा बाहिरिएको विभागको तथ्याङ्क छ ।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ७ : ३५ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र