२१ भदौ २०८३, आइतबार | September 6, 2026

गाउँ टेक्न थाले नेता



काठमाडौं । कलैयाका सञ्जय तिवारी ‘विगतमा विजयी सांसदले के के काम गरे ?’ भन्ने’ लेखाजोखा आगामी निर्वाचन परिणामले देखाउनेमा ढुक्क छन् ।

‘कसलाई विजयी गराउँदा गाउँघरमा विकास हुन्छ ? भन्ने’ गाउँटोलमा चर्चा चल्न थालेको छ,’ तिवारी भन्छन्, ‘निर्वाचन मिति नजिकिँदै जाँदा चुनावी चर्चा बढ्दै गएको छ, चिया पसलदेखि खेतबारीमा समेत उम्मेदवार, दल, विकास, बजेटलगायत ’ चर्चा भइरहेको छ ।’

यसपटक निर्वाचनअघि दसैं-तिहार तथा छठजस्ता ठूला पर्व परेका छन् । यिनै पर्वको मौका छोपेर शुभकामनालगायत कार्यक्रम गाउँकेन्द्रित हुने बताउँछन् तिवारी । ‘निर्वाचनकै कारण रमाइलो पनि हुने नै भयो,’ उनी भन्छन्, ‘सर्वसाधारणले समेत राम्रोसँग चाडपर्व मनाउन पाउने भए ।’

वडा पर्व दसैं-तिहार, छठ सकिएलगतै हुने निर्वाचनका लागि मतदाता रिझाउन राजनीतिक दलका नेता गाउँगाउँ र घरघर पुग्न थालेका छन् । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा हुँदै छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको हो ।

‘जसरी पनि जित्नैपर्ने’ अभियानमा लागेका उनीहरू विभिन्न कार्यक्रमसहित गाउँघर टेक्न थालेका छन् । विभिन्न पार्टीले उम्मेदवार सिफारिस गर्दै टुंगो लगाउनेमा केन्द्रित हुँदै गर्दा आकांक्षी सर्वसाधारणसँग घुलमिल प्रयासमा छन् । विस्तृत समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ७ : ५० बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका