१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

गाउँ टेक्न थाले नेता



काठमाडौं । कलैयाका सञ्जय तिवारी ‘विगतमा विजयी सांसदले के के काम गरे ?’ भन्ने’ लेखाजोखा आगामी निर्वाचन परिणामले देखाउनेमा ढुक्क छन् ।

‘कसलाई विजयी गराउँदा गाउँघरमा विकास हुन्छ ? भन्ने’ गाउँटोलमा चर्चा चल्न थालेको छ,’ तिवारी भन्छन्, ‘निर्वाचन मिति नजिकिँदै जाँदा चुनावी चर्चा बढ्दै गएको छ, चिया पसलदेखि खेतबारीमा समेत उम्मेदवार, दल, विकास, बजेटलगायत ’ चर्चा भइरहेको छ ।’

यसपटक निर्वाचनअघि दसैं-तिहार तथा छठजस्ता ठूला पर्व परेका छन् । यिनै पर्वको मौका छोपेर शुभकामनालगायत कार्यक्रम गाउँकेन्द्रित हुने बताउँछन् तिवारी । ‘निर्वाचनकै कारण रमाइलो पनि हुने नै भयो,’ उनी भन्छन्, ‘सर्वसाधारणले समेत राम्रोसँग चाडपर्व मनाउन पाउने भए ।’

वडा पर्व दसैं-तिहार, छठ सकिएलगतै हुने निर्वाचनका लागि मतदाता रिझाउन राजनीतिक दलका नेता गाउँगाउँ र घरघर पुग्न थालेका छन् । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा हुँदै छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको हो ।

‘जसरी पनि जित्नैपर्ने’ अभियानमा लागेका उनीहरू विभिन्न कार्यक्रमसहित गाउँघर टेक्न थालेका छन् । विभिन्न पार्टीले उम्मेदवार सिफारिस गर्दै टुंगो लगाउनेमा केन्द्रित हुँदै गर्दा आकांक्षी सर्वसाधारणसँग घुलमिल प्रयासमा छन् । विस्तृत समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ७ : ५० बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार