२ पुस २०८२, बुधबार | December 18, 2025

व्यासमा फौजी किराले मकैबाली नष्ट



तनहुँ । व्यास नगरपालिका-१३ मा फौजी किराको प्रकोपका कारण किसानले लगाएको मकैबाली नष्ट गरेको छ । मकैको घोगा लाग्ने समयमा किराले खाएर नष्ट गरेपछि किसान चिन्तित भएका उनीहरु समस्यामा परेका हुन् ।

करिब १० रोपनी क्षेत्रफलमा लगाएको मकैबाली किराले नष्ट गरिदिएको स्थानीय किसान मेघनाथ आचार्यले जानकारी दिनुभयो । “घोगा लाग्ने समयमा किराले मकै नष्ट गरिदियो । यसअघिका दुई वर्षसम्म लगातार फौजी किराले मकै नष्ट गरेपछि घाटा ब्यहोर्नुपरे पनि यसपटक केही होला भनेको फेरि उस्तै भयो”, उनले भने ।

राम्रो मूल्य पाउने आशामा हिउँदे मकैखेती लगाए पनि चमरा काढ्ने र घोगा हाल्ने समयमा एकाएक फौजी किरा आएर नष्ट गरिदिएको उनीहरुको भनाइ छ ।

किराको रोकथामका लागि पटकपटक औषधि प्रयोग गरे पनि समाधान गर्न नसकिएको जनाइएको छ । सधैँ यस्तै बाली नष्ट हुन थालेपछि अर्को वर्षदेखि घाँस लगाउने योजनामा त्यस क्षेत्रका किसान रहेका छन् । पन्ध्र वर्षसम्म लगातार वैदेशिक रोजगारमा पसिना बगाएर अब आफ्नै देशमा कृषि पेशा गर्ने सोच बनाएर बसे पनि उपलब्धि नदेखिएको किसान आचार्यको भनाइ छ ।

कति विदेश बस्ने भनेर अब आफ्नै परिवारसँग बसेर कृषि पेशा गरौँ भनेर अँगाल्दा घाटामात्रै भोग्नुपरेको उनको दुःखेसो छ । उनले मकैखेती सँगसँगै कोदोखेतीका साथै गाईपालन पनि गर्दै आएका छन ।

मकैसँगै कोदोमा पनि फौजी किराले नोक्सान पु¥याएको छ । मकै र कोदोबालीमा किराले नष्ट बनाएपछि सम्बन्धित कार्यलय वडाको कृषि प्रविधिक, नगरपालिकामा र कृषि ज्ञान केन्द्रमा जानकारी गराउँदा कृषि ज्ञान केन्द्रले औषधि दिनेबाहेक अन्य केही सहयोग नपाएको किसानको गुनासो छ ।

स्थानीय अर्का किसान तिलकुमारी आचार्यले पनि बर्सेनि फौजी किराले मकैबाली नष्ट हुँदा घाटा व्यहोर्नुपरेको बताए । किसानलाई घाटा पर्दा कुनै पनि निकायबाट सहयोग नपाउँदा दुःख लागेको उनले बताए । बिहान उठेर मकैबारी हेर्दा निकै उराठ लाग्ने गरेको किसान बताउँछन् ।

व्यास नगरपालिकामा दक्ष प्राविधिक नहुँदा किसानले समस्या भोग्नुपरेको ब्यास नगरपालिका-१३ का वडाध्यक्ष वसन्तबहादुर आलेले बताए । कृषिखेती गर्ने किसानले भरिएको वडा भए पनि सधैँ किसानले नोक्सान व्यर्होनुपरेको उनले बताए । दीर्घकालीनरूपमा कसरी समाधान गर्न सकिन्छ भनेर गम्भीरताका साथ लागिएको छ । उनले भने, “किसानलाई राहत दिलाउनका लागि आफूले पनि पहल गरिरहेको छु ।”

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ८ : ०४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल