१९ असार २०८३, शुक्रबार | July 3, 2026

सलहको खतरा तत्कालका लागि टरेको कार्यदलको सुझाव



काठमाडौं । भारतबाट नेपालमा छिर्ने भनिएको सलह कीराको खतरा तत्कालका लागि टरेको कार्यदलले सुझाव दिएको छ ।

भारत हुँदै नेपालको पश्चिमी सीमाबाट सलह कीरा छिर्ने सम्भावना देखिएको हुनाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गठन गरेको प्राविधिक कार्यदलले बुझाएको प्रतिवेदनमा सो सुझाव उल्लेख छ । मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलह कीराका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल यसको प्रवेश नहुने निष्कर्ष निकालेको छ ।

सलह कीराको नेपाल प्रवेशबारे अध्ययन गर्न मन्त्रालयले गठन गरेको कार्यदलका संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार नेपालमा मनसुनी वर्षा सुरु भएको हुनाले तत्काल सलह कीरा नेपाल प्रवेश गर्न सक्दैन । केन्द्रका प्रमुख हुमागाईंले मनसुनी वर्षाका कारण सलह कीराको बथान सानासाना टुक्रामा विभाजित भएको र हावाको बेग पूर्वबाट पश्चिमतिर भएको हुनाले पनि भारतबाट पश्चिम सीमाबाट नेपाल भित्रिने सम्भावना निकै न्यून रहेको बताउनुभयो ।

कार्यदलले यसका बारेमा थप अध्ययन गर्नका लागि संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) सँग पनि सुझाव माग गरेको थियो । एफएओले यसका बारेमा पटकपटक अध्ययन गरेको छ । एफएओले पनि आफ्नो अध्ययनमार्फत नेपालमा तत्काल सलह कीरा नआउने जानकारी गराएको प्रमुख हुमागाईले जानकारी दिनुभयो ।

कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीको कार्यदलले अध्ययन गरेको प्रतिवेदनअनुसार नेपालमा तत्कालै सलह कीरा आउने सम्भावना नरहे पनि यसबाट सतर्क रहन आवश्यकता रहेको बताउनुभयो ।

नेपालमा हुने सलह कीराको सम्भावित खतराको मध्यनजर गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले त्यसको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न एक कार्यदल (प्राविधिक समिति) गठन गरेको थियो । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ६ : ४६ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०