२२ भदौ २०८३, सोमबार | September 7, 2026

बलिउड फिल्म इश्क पश्मिनाले काठमाडौंबाट रिलिज गर्यो टिजर र गीत



बलिउड फिल्म इश्क पश्मिनाले काठमाडौमा फिल्मको टिजर एवं गीतको रिलिज गरेको छ ।

फिल्म यहि सेप्टेम्बर २३ सेप्टेम्बरमा भारत र नेपालमा एकैसाथ रिलिज हुने फिल्मका निर्देशक सुरज सुर्या मिश्राले बताएका छन् । यो फिल्म कृष्णा शान्ति प्रोडक्शन हाउसको निर्माणमा गरेको हो ।

निर्देशक मिश्रासंगै फिल्म प्रोमोशनका लागी फिल्मका नायक भाविन भानुशाली,नायिका माल्ती चाहर लगायतको टोली नेपाल आएको हो ।

पछिल्लो समय भारतीय सिनेमाले पश्चिमीशैली अपनाउदै गएकामा दुखः लागेको बताउदै निर्देशक मिश्राले फिल्म इश्क पश्मिनामा दर्शकले विशुद्ध हिन्दि रोमान्सको स्वाद फेरी एकपटक लिनसक्ने दाबी गरेका छन् । पत्रकार सम्मेलनमा कलाकारहरुले फिल्म छायांकनका दौरान भोगेका अनुभव सुनाएका थिए ।

सिम्लाको माइनस ४ डिग्री सेल्सियस चिसोमा छायांकन गरिएको गीत जोगी हो गया यूट्यूवमा सार्वजनिक भएको छ । पहिलो दिनमा नै मिलियन भियूज् रहेको गीतमा चर्चित गायक जावेद अलीले श्वर दिएका छन् । एक फरक प्रेमकथा बोकेको इश्क पश्मिनाको प्रस्तुती विशेष रहेको र यसले दर्शकहरुलाई एक फरक किसिमको भावनात्मक अनुभूति गराउने दाबी गर्दै दर्शकलाई एकपटक हलसम्म पुगेर फिल्म हेर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ६ : ०७ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा