५ श्रावण २०८३, मंगलबार | July 22, 2026

सरकार नै दिन्छ कर्मचारीलाई लुकीछिपी बाह्य काम गर्ने लाइसेन्स



काठमाडौं । सरकारले नै कर्मचारीलाई अतिरिक्त काम गर्ने लाइसेन्स दिँदा अधिकांश कर्मचारी बाहिर पढाउने, लेखापरीक्षण गर्ने तथा सेयर खरिदबिक्रीमा समेत व्यस्त हुने क्रम ह्वात्तै बढेको छ । यस सम्बन्धमा सरकारका कुनै पनि निकायले अनुगमन गर्न सकेको छैन । अनुगमन गर्ने जिम्मेवारीमा रहेको राष्ट्रिय सर्तकता केन्द्रले पनि यस विषयमा बेवास्ता गर्दै आइरहेको छ ।

नियमित तलबबाहेक अतिरिक्त भत्ता र सुविधामा मात्रै वार्षिक अर्बभन्दा बढी रकम सक्ने कर्मचारीले अतिरिक्त काम गर्ने लाइसेन्स लिएर थप आर्जन गर्नसमेत बाँकी राखेका छैनन् । यसरी कर्मचारीले बाहिर धेरै काम गर्दा सरकारी काममा नराम्ररी ह्याम्पर परिरहेको सेवाग्राहीको गुनासो छ । सर्वसाधारणले यस्तो प्रवृत्तिलाई कर्मचारीको ठग र कामचोर प्रवृत्तिका रूपमा लिएका छन् । कैयाैं कर्मचारी बाहिर व्यस्त हुँदा प्रायः कार्यकक्षमा कम भेटिने गरेका छन् । कर्मचारी बाहिर काम गर्न जाँदा उनीहरूले मिटिङमा गएको बहाना बनाउने गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार त्यसरी अतिरिक्त काम गर्ने लाइसेन्स लिने कर्मचारीको संख्या हजारौं छ । तर, यसम्बन्धी रेकर्ड दिन मन्त्रालयका अधिकारी अनिच्छुक हुने गरेका छन् ।

मन्त्रलाय स्रोतका अनुसार केन्द्रमा मात्रै यस्तो लाइसेन्स लिने कर्मचारीको संख्या २ हजार बढी रहेको छ । देशभर गरी हजारांै कर्मचारीले त्यस्तो लाइसेन्स लिएको बताइएको छ । यससम्बन्धी एकीकृत तथ्यांक कसैसँग छैन । कर्मचारीलाई हेर्ने (सीपीए)का रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि यससम्बन्धी एकीकृत तथ्यांक छैन । कतिपय कर्मचारीले भने बिनास्वीकृति अतिरिक्त लाभ हुने काम गरिरहेको सामान्य प्रशासन मन्त्रालयका अधिकारीको भनाइ छ ।

यसरी आपूmखुसी बाहिरी काम गर्ने र सरकारी काममा कम ध्यान दिने भएकाले सर्वसाधारण सेवाग्राहीले निजामती कर्मचारीलाई कामचोरको संज्ञा दिने गरेका छन् ।

विगतमा सरकारका विभिन्न निकायले कर्मचारीलाई बाहिर पढाउने, लेखापरीक्षण गर्ने, सेयर खरिद बिक्री गर्नेजस्ता कार्य गर्न अनुमति दिएकाले सो अनुमतिका आधारमा कर्मचारीले थप आयआर्जन हुने अतिरिक्त काम गरिरहेका हुन् । सरकारले नै निजामती सेवा ऐनको दफा ४८ मा सरकारको स्वीकृति लिएर कुनै बैंक वा कम्पनीको स्थापना, रजिस्ट्रेसन वा सञ्चालनको काममा भाग लिन र प्रचलित कानुनबमोजिम दर्ता गराउनुपर्ने कुनै व्यापार वा व्यवसाय गर्न छुट दिएको छ । सो ऐनअनुसार यसअघि स्वीकृत लिएर व्यापार व्यवसाय सञ्चालन गर्ने कर्मचारीको संख्या हजाराैं रहेको रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सरकारका सचिव, सहसचिव, उपसचिव बाहिर पढाउने काममा बढी व्यस्त हुँदा नीतिनिर्माण तहको काम समेत प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन भने सेवाप्रवाह कमजोर हुन पुगेको छ । यसैगरी उच्च तहका कर्मचारीलगायत खरिदार सुब्बाहरू समेत लेखा परीक्षण गर्ने, सेयर खरिद बिक्री गर्ने काममा व्यस्त हुँदा उनीहरूबाट सम्पादन हुने काममा कमजोर हुँदै आइरहेको बताइन्छ ।

निजामती क्षेत्रमा कर्मचारीबाटै कामचोर संस्कृतिको विकास हुँदा ‘हाटा’ भन्ने शब्द निकै चर्चित छ । यो भनेको हाजिर गर्ने र अन्यत्र टाप कस्ने प्रवृत्ति हो । बिहान समयमा नै आएर हाजिर गर्ने र आफ्नो व्यक्तिगत काममा लाग्ने कर्मचारीको संख्या उल्लेख्य रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । विद्युतीय हाजिरी नभएका सरकारी कार्यालयका कर्मचारीमा यो प्रवृत्ति बढी रहेको पाइएको छ । यद्यपि, विद्युतीय हाजिर भएका कार्यालयमा पनि बिहान समयमा नै हाजिर गर्ने, त्यसपछि बाहिरिने र साँझ फेरि हाजिर गर्न जाने प्रवृत्ति पनि उस्तै रहेको बताइएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ७ : ४९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं