२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

अमेरिकी डलरको मूल्य स्थिर, युरो घट्यो



काठमाडौं । अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ स्थिर रहेको हो । अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ३८ पैसा र बिक्रीमा १२७ रुपैयाँ ९८ पैसा रहेको छ । आइतबार पनि अमेरिकी डलर सोही दरमा कारोबार भएको थियो ।

तर युरोपियन युरो भने ओरालो लागेको छ । युरो घटेर खरिद मूल्य १२६ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य १२७ रुपैयाँ ३८ पैसा कायम भएको छ । जब कि आइतबार युरो खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२८ रुपैयाँ १५ पैसा रहेको थियो ।

त्यस्तै, अष्ट्रेलियन डलरको विनिमय दर सामान्य घटेको छ । यसअघि एकको खरिद मूल्य ८६ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ १९ पैसा रहेको अष्ट्रेलियन डलर सोमबार एकको खरिदमा ८६ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८७ रुपैयाँ १७ पैसा रहेको छ ।

यसैगरी जापानी येन १० को खरिददर ९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४६ पैसा र बिक्रीमा १८ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

यता, कतारी रियाल र साउदी रियालमा पनि सामान्य गिरावट आएको छ । साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ०४ पैसा कायम भएको छ ।

यसअघि एकको खरिद मूल्य ३४ रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९६ पैसा रहेको कतारी रियाल खरिदमा ३४ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९४ पैसा रहेको छ ।

मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २८ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९ रुपैयाँ ३९ पैसा, हङकङ डलर एकको खरिद दर १६ रुपैयाँ २३ पैसा र बिक्री दर १६ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिद मूल्य ४१३ रुपैयाँ ३० पैसा र बिक्री मूल्य ४१५ रुपैयाँ २५ पैसा र बहराइन दिनार एकको खरिद दर ३३७ रुपैयाँ ८८ पैसा र बिक्री दर ३३९ रुपैयाँ ४७ पैसा रहेको छ ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  १० : ३४ बजे

मादी नदीमा निर्माणाधीन चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको

हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न पर्वतारोहण सङ्घलाई आग्रह

काठमाडौं । पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ । पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुुको आक्रमणबाट २३९

अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले

चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

बेइजिङ । चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा