२० बैशाख २०८३, आइतबार | May 3, 2026

डेङ्गु परीक्षणमा मनपरी शुल्क



काठमाडौं । डेङ्गुको प्रकोप व्यापक बन्दै जाँदा त्यसको परीक्षण शुल्कको मारमा बिरामी परेका छन् । सरकारी तथा निजी प्रयोगशालामा दुवैमा डेङ्गु परीक्षणको शुल्कमा मनोमानी पाइएको छ । सरकारी र निजीमा गरी यस्तो शुल्क पाँच सयदेखि दुई हजार चार सय रुपियाँसम्म रहेको छ ।

सबैभन्दा सस्तो मानिने सरकारी प्रयोगशालाले पनि बढी शुल्क लिने गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेङ्गु परीक्षणको शुल्क आठ सय रुपियाँ लिने गरेको छ । वीर अस्पताल र सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पाँच सय रुपियाँ लिन्छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गुणस्तरका आधारमा बढी शुल्क लिएको दाबी गरेको छ । प्रयोगशालाका निर्देशक डा. रुना झाले पहिलेदेखि नै आठ सय रुपियाँ लिने गरेको भन्दै महँगो वा सस्तोभन्दा पनि गुणस्तर हेरिनुपर्ने दाबी गरे । डा. झाले भने, “हामीकहाँ डेङ्गु परीक्षण गर्ने किट गुणस्तर र महँगो हुने भएकाले बढी शुल्क लिएका हौँ ।”

प्रयोगशालाकै एक कर्मचारी भने डेङ्गु परीक्षण चार सय रुपियाँमै गर्न सकिने बताए । “चार सय रुपियाँमा गर्दा पनि प्रयोगशालालाई घाटा हुँदैन,” नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भने, “राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आठ सय शुल्क लिनु धेरै महँगो हो ।” एउटै प्राङ्गणभित्र टेकु अस्पतालमा भने पाँच सय लिने गरेको छ । टेकु अस्पतालभन्दा पनि सस्तो होला भनेर आउने सेवाग्राही जनस्वास्थ्य प्रयोगशालाबाट ठगिएका छन् । कतिपय सरकारी अस्पतालले आफूखुसी डेङ्गु परीक्षण गर्दा दोहोरो शुल्क लिने गरेका छन् । टेकु र वीरमा पाँच सय शुल्क तोकिए पनि त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, भक्तपुर अस्पतालले छुट्टाछुट्टै शुल्क लिन्छन् । बानेश्वरस्थित निजामती अस्पतालले डेङ्गु परीक्षण शुल्क आठ सय रुपियाँ लिने गरेको अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले बताए ।

त्रिवि शिक्षण अस्पतालमा भने डेङ्गु परीक्षणको फरक-फरक शुल्क लाग्ने गरेको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार शिक्षण अस्पतालमा सामान्य ओपीडीमार्फत आउने सेवाग्राहीलाई डेङ्गु परीक्षणको शुल्क ९६० लिने गरेको छ । प्राइभेट क्लिनिक (चार बजेपछि आउने बिरामी)का हकमा एक हजार दुई सय लिने गरेको उनले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ७ : २९ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको