१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रधानमन्त्री देउवाले दिए बेलायती समकक्षी लिज ट्रसलाई बधाई, भने– उहाँसँग काम गर्न म तत्पर छु



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लिज ट्रस बेलायतको कन्जरभेटिभ पार्टीको नेताको रुपमा निर्वाचित भएकोमा बधाई दिएका छन् ।

सोमबार ट्रस कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत उनलाई बधाई दिएका हुन् ।

‘कन्जरभेटिभ पार्टीको नेताको रूपमा निर्वाचित भएकोमा म लिज ट्रसलाई हार्दिक बधाई दिन चाहन्छु जसले उनलाई बेलायतको प्रधानमन्त्री बनाउनेछ,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उहाँसँग काम गर्न म तत्पर छु ।’

विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो । यससँगै बेलायतले झन्डै दुई महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ ।

४७ वर्षीया ट्रसलाई बेलायतकी महारानीले नयाँ प्रधानमन्त्रीको रूपमा मंगलबार नियुक्ति गर्नेछिन् ।

सुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा आठ जना उम्मेदवारी दिए पनि अन्तिममा दुई जनाबीच दलको नेताको लागि निर्वाचन भएको थियो ।

पार्टीको संसदीय दलको नेताका लागि पार्टी सदस्यहरूले गत शुक्रबार मतदान गरेका थिए ।

सोमबार प्राप्त अन्तिम नजितामा सुनाकाले ६० हजार ३९९ र ट्रसले ८१ हजार ३२६ मत प्राप्त गरिन् । खसेको कुल मत मध्ये ट्रसले ५७।४ प्रतिशत र सुनाकले ४२।६ प्रतिशत मत प्राप्त गरेका थिए ।

सन् २०१९ को आम निर्वाचनमा बहुमत ल्याएर प्रधानमन्त्री बनेका बोरिस जोन्सनविरुद्ध आफ्नै मन्त्रिपरिषद्का पाँच दर्जन सदस्यले विद्रोह गरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

बेलायतमा बढ्दो मुद्रास्फीति तथा बैंक ब्याजदर, आर्थिक मन्दी, खाद्यान्न तथा ऊर्जामा उच्च मूल्यवृद्धि, युक्रेन–रुस युद्धलगायतका मुख्य चुनौती नयाँ प्रधानमन्त्री ट्रसले सामना गर्नु पर्ने छ ।

यसअघि उनले आफू प्रधानमन्त्री बनेमा एक साताभित्र ऊर्जामा बढ्दो उच्च मूल्यवृद्धि घटाउने, राहताका प्याकेज घोषणा गर्ने बताएकी थिइन् ।

 

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  १० : ०५ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।