२२ भदौ २०८३, सोमबार | September 7, 2026

बलात्कारको मुद्दामा पल शाहले पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको जेल सजाय



काठमाडौं । नवलपुर जिल्ला अदालतले नायक पूर्ण विक्रम शाह अर्थात पल शाहलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ ।

मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन दुरुपयोगमा शाहलाई दोषी ठहर गरेको हो ।

उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजायसमेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै, पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ ।

जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् ।

गत चैतमा सुटिङका क्रममा शाहले बालिकालाई गैडाकोट रिसोर्टमा जबर्जस्ती गरेको पीडित पक्षको आरोप थियो । ती बालिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहमाथि दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा चलिरहेको थियो ।

नवलपुर जिल्ला अदालतबाट सफाई पाएपनि शाहको मुद्दा तनहुँ जिल्ला अदालतमा समेत विचाराधीन अवस्थामै रहेकाले तनहुँ जिल्ला अदालतबाट समेत सफाई पाएको अवस्थामा र नवलपुर जिल्ला अदालतले तोकेको जेल सजाय काटेपछि भने उनी थुनामुक्त हुन सक्नेछन् ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ८ : २९ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा