१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

देशभर फैलियो डेंगु, सबैभन्दा बढी बागमती र लुम्बिनी प्रदेशमा



काठमाडौं । देशभर ७७ मध्ये ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । २०६८ पुसयता हालसम्म देशभर ६ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहकार्यमा उपत्यकामा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाइएको छ ।

महाशाखाको पछिल्लो तथ्यांकअनुसार देशभर डेंगुबाट संक्रमित तीन जनाको मृत्यु भएको छ । यद्यपि, स्वास्थ्य मन्त्रालयका अधिकारीले भने ‘ठोस तथ्यांक’ अझै आइनसकेको बताएका छन् ।

हालसम्म बाग्मती, लुम्बिनी र प्रदेश १ मा डेंगु संक्रमण सबैभन्दा बढी देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुर बताउँछन् । ‘स्वास्थ्य मन्त्रालयले जोखिम, अति जोखिम गरी दुई भागमा विभाजन गरेर डेंगु नियन्त्रणका लागि साताव्यापी कार्यक्रम थालेका छौं,’ ठाकुरले राजधानीसँग भने, ‘तीमध्ये सबैभन्दा बढी ललितपुर, काठमाडौं, मकवानपुर र रूपन्देही छन् ।’

त्यस्तै, संखुवासभा, अर्घाखाँची, तेह्रथुम, धादिङ, सिन्धुली, गुल्मीलगायत जिल्लामा डेंगु संक्रमण फैलिएको छ । योसँगै उपत्यकाका अस्पतालमा ज्वरोसहितका लक्षण भएका बिरामीको चाप बढेको छ ।

गएको बिहीबार मात्रै १० नगरपालिका प्रमुखसँग अन्तक्र्रिया गरेर नियन्त्रण उपाय विषयमा छलफल गरिएको डा. ठाकुरले बताए । उनका अनुसार डेंगु नियन्त्रणका लागि स्थानीय तहमा २ करोड ३५ लाख विनियोजन गरिएको छ ।

बिहीबारबाट उपत्यकाका तीनै जिल्लामा डेंगु नियन्त्रण अभियानअन्तर्गत घरघर गएर सचेतना अपनाउने र पानी जम्ने ठाउँ सरसफाइ र खाल्टो पुर्ने कार्य अघि बढाउन लागिएको छ ।

महाशाखाका अनुसार बाग्मती प्रदेशमा मात्रै ४ हजार ६ सय ४७ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशमा ९ सय ४ र प्रदेश १ मा २ सय ४८ जनामा संक्रमण देखिएको छ । यसमा पनि गत पुसदेखि २१ भदौसम्मको तथ्यांक हेर्दा ललितपुरमा २ हजार २ सय ६३ जना, काठमाडौंमा १ हजार २ सय २९ र मकवानपुरमा ६ सय ४१, रूपन्देहीमा ५ सय २१ जनामा संक्रमण देखिएको छ ।

यसैगरी, भक्तपुरमा १ सय २६, धादिङमा १ सय १७, तेह्रथुममा १००, सिन्धुलीमा ७०, काभ्रेपलान्चोकमा ६८ र गुल्मीमा ६७ जनामा डेंगु संक्रमण देखिएको छ ।

नेपालमा पहिलोपटक डेंगु संक्रमण सन् २००४ मा चितवनमा फेला परेको थियो । यसपछि बर्सेनी डेंगुका केस देखिँदै आएको छ । यसपछि सन् २००६ मा ३२ वटा केस देखिएको थियो भने २००७ मा २७, सन् २००८ मा १० जनामा संक्रमण देखियो ।

कहाँ कति ?

– बाग्मती प्रदेश– ४६४७

– लुम्बिनी प्रदेश– ९०४

– प्रदेश १– २४८

– ललितपुर– २२६३

– काठमाडौं– १२२९

– मकवानपुर– ६४१

– रूपन्देही– ५२१

– भक्तपुर– १२६

– धादिङ– ११७

– तेह्रथुम– १००

– सिन्धुली– ७०

– काभ्रेपलान्चोक– ६८

– गुल्मी– ६७

– (यो तथ्यांक मंगलबारसम्म हो)

सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने सन् २०२० मा ५ सय ३०, सन् २०२१ मा ५ सय ४० केस देखिएको थियो । डेंगु जुलाईदेखि नेपालमा धेरै देखिन थालेको हो ।

अहिले सेप्टेम्बरमा डेंगुको संक्रमण दर अझै बढ्दै छ । यो संक्रमण दर अझै दुई महिनासम्म बढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा. सञ्जयकुमार ठाकुरले बताए । सँर्यास्तअघि र पछाडि ३ घण्टामा डेंगु फैलाउने लामखुट्टे सक्रिय हुने भएकाले त्यस समय सतर्कता अपनाउनुपर्ने डा. ठाकुरको भनाइ छ । आजको राजधानी दैनिकमा निराजन पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  ६ : ४८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले