१५ माघ २०८२, बिहिबार | January 30, 2026

पूजाको प्रसाद खाँदा ३५ जना बिरामी



झापा । मेचीनगर-६ स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा करिब ३५ जना गाउँले बिरामी परेका छन् । काँकडभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाँडाका जनम थापामगरको घरमा आइतबार भीम मगरको एक वर्षको बर्खान्त सकेर सोमबार पूजा लगाइएको थियो ।

पूजाको प्रसाद खाएका करिब ३५ जना आफन्त र छिमेकी आज बिहानदेखि बिरामी परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए । मगरको परिवारले वार्षिकीमा आफन्त र छिमेकीलाई प्रसाद खान बोलाएको स्थानीय समाजसेवी राजकुमार पराजुलीले जानकारी दिए । अधिकांश बिरामी महिला र बच्चा रहेको पराजुलीको भनाइ छ ।

बिरामीलाई मनिषा मेडिकल, तेजस्वी क्लिनिक, धुलाबारीको आम्दा अस्पताल, बिर्तामोडको बिर्तासिटी, बिएण्डसी र ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक महतोले बताए । उनका अनुसार चिकित्सकले विषाक्त खानाले बिरामी भएको बताएका छन् ।

 

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  ६ : ५१ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला