२० मंसिर २०८२, शनिबार | December 6, 2025

वसन्तपुरमा लिङ्गो ठड्याइएसँगै आजबाट इन्द्रजात्रा सुरु (फोटो फिचर)



काठमाडौं । काठमाडौं उपत्यकाभित्र मनाइने इन्द्रजात्रा पर्व आजदेखि सुरु भएको छ ।

काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो (यस्सिं) ठड्याएसँगै जात्रा सुरू भएको हो ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजा सहितको लिङ्गो ठड्याउने चलन रहिआएको छ । आज बुधबार बिहान ७ बजेर १५ मिनेटको साइतमा लिङ्गो ठड्याइएको हो ।

भक्तपुरको चित्तपोलस्थित जंगल (अर्थात यस् सिंगुँ) बाट ल्याइएको ३२ हात लम्बाइको लिंगोलाई मानन्धर समुदायले काठमाडौंसम्म ल्याएका थिए ।

लिङ्गो ठड्याउने समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपस्थित रहेका थिए। त्यसअवसरमा गुरुजुको पल्टनले परम्परागत बाजा र मंगलधुनका साथ तोप पड्काएको थियो ।

इन्द्रजात्रामा सबै देवीदेवताको सार्वजनिक प्रदर्शन समेत गर्ने चलन रहेको छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ। यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो। इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । हिन्दु र बौद्ध धर्मावलम्बी नेवार समुदायले यो जात्रालाई आठ दिनसम्म धुमधामका साथ मनाउने गर्छन् ।

 

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  १० : ४२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले