६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

सर्लाही हरिवनको नयाँ रोडमा सेञ्चुरी बैंकले खेल्यो नयाँ शाखा



काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकले सर्लाहीको हरिवन नगरपालिका वडा नं. १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
हरिवन नगरपालिकाको नगर प्रमुख  रमेश बुढाथोकी ज्यूले नयाँ रोड शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । समुद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुबास शर्मा, शाखा प्रमुख आशुतोष वैध लगायत बैंकका कर्मचारी तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

२०७९ असार मसान्त सम्ममा बैंकले रु. १ खर्ब १ अर्ब ४० करोड निक्षेप संकलन र रु. ९१ अर्ब ४६ करोड कर्जा प्रदान गरी १ अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १४७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १२ : २८ बजे

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन