४ पुस २०८२, शुक्रबार | December 19, 2025

नरैनापुरमा राहत प्याकेज घोषणा गर्न खेलकुद मन्त्रीले भेटे उर्जा र कृषि मन्त्री



काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा र कृषि मन्त्रीसँग छुट्टाछुट्टै छलफल गरेका छन् । बाँके क्षेत्र नं. १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री गहतराजले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग भेटेर छलफल गरेका हुन् ।

लामो समयदेखीको खडेरीका कारण नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरीएको जानकारी गराउँदै मन्त्री गहताजले त्यस क्षेत्रमा तत्काल डिप बोर्डिङको ब्यवस्था गरीदिन उर्जा मन्त्री भुसालसँग माग गरे । सुख्खा क्षेत्र घोषणा भएको नरैनापुरका नागरिकहरुलाई भोकमरीबाट बचाउन तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिदैं उनले तत्कालकालागि डिप बोर्डिङ र दिर्घकालीन रुपमा सिक्टा सिचाइ आयोजना मार्फत नरैनापुरका कृषकहरुलाई सिचाइको ब्यवस्था गर्नेतर्फ उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले विशेष पहल गर्न आग्रह गरे ।

जवाफमा उर्जा मन्त्री भुसालले सकारात्मक प्रतिक्रिया आएको युवा तथा खुलकुमद मन्त्रालयका प्रेस संयोजक संगिन शर्माले जनाएका छन् ।

त्यसैगरि मन्त्री गहतराजले बुधबार नै कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवसँग भेटेर नरैनापुरका कृषकहरुलागी तत्काल राहत प्याकेज ल्याउन आग्रह गरेको पनि शर्माले जानकारी दिए । अर्थमन्त्री र आफुले समेत त्यस क्षेत्रको स्थलगत निरिक्षण गरीसकेकाले तत्काल राहत प्याकेजको प्रस्ताव क्याबिनेटमा लैजान मन्त्री गहतराजले कृषि र उर्जामन्त्रीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  १ : ३४ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ