२३ भदौ २०८३, मंगलबार | September 8, 2026

नरैनापुरमा बाँकेका २ पत्रकार माथि अभद्र व्यवहार



नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका कार्यालयमा रिपोर्टिङका लागि पुगेका २ जना पत्रकार माथि अभद्र व्यवहार भएको छ । नरैनापुर वडा नं. ४ मा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालय खोदावामा शिक्षक भर्नाका क्रम बिद्यालय र शिक्षा शाखाले आर्थिक घोटाला गरेको आरोप लगाउँदै अभिभावकहरुले गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको समाचार संकलन गर्न पुगेका खबरगन्ज डटकम अनलाईनका खगेन्द्र दाहाल र सत्यम खबर डटकम अनलाईनका सचालक चन्द्रेश्वर राज त्रिपाठीमाथि दुर्ब्यहार भएको हो ।

तालाबन्दीको छायाँकन गर्दै स्थानीयसँग कुराकानी गरिरहेको अवस्थामा समाचार संकलनमा रोक लगाउँदै नरैनापुर वडा नं. ५ मा रहेका नेपाल राष्ट्रिय आधारभुत बिद्यालय जमुनहाका प्रधानाध्यापक सज्जाक खानका छोरा हसिब खाँ, भतिजाहरु जुनेद खाँ, वसिम खाँ र नसिम खाँ सहितका ब्यक्तिहरुले गाली गालौजसहित सञ्चार सामाग्री खोस्ने प्रयास गरेको पत्रकार दाहालले बताए ।

स्थानीय अभिभावकहरु शिक्षा शाखाका बिद्यालय निरीक्षक कृष्णकुमार थारु, प्रधानाध्यापक सज्जाकलगायतको मिलेमतोमा शिक्षा नियमावली विपरित शिक्षक भर्ना गरेको भन्दै तालाबन्दी गर्न शिक्षा शाखा पुगेका थिए । उनीहरुले लगाएको ताला निरीक्षक थारु र प्रधानाध्यापक खानले आफु निकटका युवाहरु बोलाएर तोड्न लगाएका छन् ।

नेपाल राष्ट्रिय आधारभुत बिद्यालय खोदावामा शिक्षक भर्नाका क्रममा भएको आर्थिक चलखेलमा सज्जाक खाँको पनि संलग्नता रहेको अभिभावकहरुको आरोप छ । बिरोध जनाउन पुगेका अभिभावकहरुको मागका बारेमा सम्बाद समेत नगरि आफ्ना पक्षका युवाहरु बोलाएर ताला तोड्न लगाउनु अलोकतान्त्रिक तरीका भएको नरैनापुर वडा नं. ४ का प्रमोदकुमार शर्माले बताए ।

ताला लगाउनेहरुलाई पन्छाउँदै स्थानीय प्रहरीले ताला तोड्न आउकाहरुलाई सहघाएको पत्रकार त्रिपाठीले बताए । उनले स्थानीय प्रहरीमा आफुहरुमाथि दुर्व्यवहार गर्नेहरु विरुद्ध किटानी जाहेरी दिएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  १२ : ३२ बजे

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका