काठमाडौं । प्रहरीले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध वारेन्ट जारी गरेको छ ।
लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएसँगै वारेन्ट जारी गरेको हो । लामिछाने विरुद्ध एक १७ वर्षीया किशोरीले बलात्कारको अभियोग लगाउँदै किटानी जाहेरी दिएकी छिन् ।
प्रहरीले अनुसन्धानका लागि पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।
अदालतले अनुमति दिएसँगै लामिछानेलाई प्रहरीले जुनसुकै बेला पनि पक्राउ गर्न सक्ने भएको छ । क्यारेवियन लिग खेल्न वेस्ट इन्डिजमा रहेका लामिछानेले भने आजै मात्र नेपाल क्रिकेट संघ क्यानसँग कानूनी उपचारका लागि सहयोग गर्न आग्रह गरेका थिए । उनले आफु निर्दोष रहेको जिकिर गर्दै कानूनी सहयोग गराइदिन क्यानलाई आग्रह गरेका हुन् ।


















प्रतिक्रिया