१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

कांग्रेस विशेष महाधिवेशनले एकताको सन्देश दिनुपर्नेमा कांग्रेस निकट पत्रकारहरूको जोड



काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरूले भोलिदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशनले पार्टीभत्र एकताको सन्देश दिनुपर्ने बताएका छन् ।

विशेष महाधिवेशन पक्षधरद्वारा पुस २७ र २८ गते हुन लागेको विशेष महाधिवेशन मिडिया सेन्टरले आज यहाँ आयोजना गरेको परामर्श कार्यक्रममा पत्रकारहरूले विशेष महाधिवेशनले एकताको सन्देश दिनुपर्ने बताएका हुन् ।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले विशेष महाधिवेशनले सबैलाई मिलाएर अगाडि लैजानुपर्ने बताए । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले नेपाली कांग्रेसमा राष्ट्रियता परिपक्व नीति अपनाएको भन्दै सही नीतिलाई नेतृत्व गर्न सही नेता आउनुपर्ने बताए ।

प्रेस युनियनका पूर्वअध्यक्ष रमेश तूफानले कांग्रेसको विधान धारा १७ (२) ले राजनीतिक संस्कारलाई बोकेको भन्दै यसलाई सहज रूपमा स्वीकार गर्नुपर्ने बताए ।

प्रेस युनियनका सल्लाहकार तेजप्रसाद पण्डित, अनिता बिन्दू र दामोदरप्रसाद दवाडीले विशेष महाधिवेशनले पार्टी फुट्छ भन्ने भाष्य स्थापित पार्न खोजेका भन्दै यस प्रयत्नलाई निस्तेज पार्न सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

युनियनका उपाध्यक्ष जीवन भण्डारीले सुझावका लागि कार्यक्रमको आयोजना गरिएको र सोहीअनुसार विशेष महाधिवेशनको मिडिया सेन्टरमार्फत सत्यतथ्य समाचार उपलब्ध गराइने बताए ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १० : ४७ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a

चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी पौडेललाई पठाए समवेदना सन्देश

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सीमा क्षेत्रको ग्यिरोङ–रसुवा