२३ बैशाख २०८३, बुधबार | May 6, 2026

पार्टी नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको हो : रास्वपा



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी (उनेपा) सँगको एकता भङ्ग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भङ्ग भएपछि आज बसेको रास्वपा सचिवालय बैठकले कुलमान घिसिङले एकपछि अर्को प्रस्ताव ल्याएका कारण एकताले पूर्णता पाउन नसकेको निष्कर्ष निकालेको नेता शिशिर खनालले बताए ।

घिसिङले पार्टीको नयाँ नाम राख्नुपर्ने, आफूलाई वरिष्ठ उपसभापति बनाउनुपर्ने, निर्वाचन क्षेत्रको सिट बाँड्फाँड गर्नुपर्ने, पार्टीका अन्य पदाधिकारीमा पनि आफ्नो पार्टीका नेतालाई नियुक्त गर्नुपर्नेलगायत प्रस्ताव ल्याएपछि एकता भङ्ग भएकाबारे सभापति रवि लामिछानेले बैठकमा जानकारी गराएको उनले बताए ।

पार्टी एकताका क्रममा भएको सहमतिभन्दा फरक र छुट्टाछुट्टै पूरक प्रस्ताव आउन थालेपछि एकता अगाडि बढ्न नसकेको रास्वपाको दाबी छ । एकतासँगै वरिष्ठ उपसभापति, महामन्त्री, पदाधिकारी, थप सचिवालय सदस्य, केन्द्रीय सदस्य र निर्वाचन क्षेत्रसम्मको बाँडफाँडको प्रस्ताव आएपछि एकतालाई पूर्णता दिन समस्या भएको नेता खनालको भनाइ छ ।

यसअघि दुई दलबीच भदौ २३ र २४ को जेनजी आन्दोलन, भ्रष्टाचारविरोधी चेतना, सुशासन र मेरिटोक्रेसीको नारालाई मूल आधार बनाउनेलगायत सातबुँदे सहमति भएको थियो ।

एकता भङ्ग भएलगत्तै घिसिङले रास्वपाले एकतर्फी एकता भङ्ग गरेको आरोप लगाएका थिए । घिसिङ र लामिछानेलाई एक ठाँउमा ल्याएको दाबी गर्ने सुदन गुरुङले भने एकता भङ्ग भएको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । गुरुङले ७ बुँदे सहमतिको सुत्राधार नै आफु भएको दाबी गर्दै आएका थिए ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ९ : ०५ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल