२३ माघ २०८२, शुक्रबार | February 6, 2026

नेपाली चलचित्र क्षेत्रलाई हतोत्साही गर्न खोजिएको भन्दै निर्देशक समाजको आपत्ति



काठमाडौं । नयाँ नेपाली चलचित्रलाई रिलिजको अघिल्लो दिनसम्म पनि शो उपलब्ध नगराएको भन्दै चलचित्र निर्देशक समाजले आपत्ति जनाएको छ ।

शुक्रबारदेखि रिलिज हुने ‘ऐना झ्यालको पुतली’ लाई बिहीबारसम्म सिनेमा हलहरूले शो नदिँदा अग्रिम बुकिङ खुल्ला गर्न नसकिएको र प्रचार प्रसारसमेत गर्न नसकिएको भन्दै निर्देशक समाजले आपत्ति जनाएको हो ।

‘समयमै आफ्नो सामानको बिक्री मूल्य तय गरी अग्रिम रूपमा सामान बेच्न पाउने अधिकार ससारभरी नै प्रचलनमा छ । सोहीअनुरुप नेपालमा पनि चलचित्र निर्माताहरुले केही वर्षदेखियता सिनेमा घरहमार्फत दुई÷तीन दिन अगाडिदेखि नै आफ्नो प्रचार प्रसार गरी चलचित्रको टिकट बुकिङ खुल्ला गर्ने र बिक्री गर्ने गरिएको सर्ब विदितै छ,’ समाजले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा हाल सालै नेपालका सिनेमा घरहरुले हिन्दी फिल्मको सेन्सर भएको छैन भनी विभिन्न कारण देखाई समयमै सेन्सर भइसकेका आउने शुक्रबारदेखि प्रदर्शन हुने नेपाली चलचित्रहरुको टिकट बुकिङ खुल्ला गर्न ढिलाइ गर्नु खेदजनक छ । सधैभरि नेपाली चलचित्र माथी बिदेशी फिल्महरुले दबाबमा राख्ने यस्तो प्रवृत्तिको हामी घोर भत्सर्ना गर्दछौ । सिनेमाघरहरुको छाता संगठन नेपाल चलचित्र संघलाई पनि यस्तो किसिम कार्यहरू अबिलम्ब रोकी चलचित्रकर्मीहरुको एक आपसको एकता, विश्वास, आत्मीयता र नेपाली चलचित्रको श्रीबृद्धिको लागि हातेमालो गर्न अपिल गर्दछौ ।’

निर्देशक समाजले चलचित्र बिकास बोर्डलाई नेपाली चलचित्र क्षेत्रलाई नै हतोत्साहित पार्ने गैरजिम्मेवारीपूर्ण कार्यहरुलाई बन्देज लगाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  २ : ४२ बजे

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा

४२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा