१ पुस २०८२, मंगलबार | December 17, 2025

क्यान्सर अस्पताल खजुराका अध्यक्ष सहित सदस्यहरुले गरे पदभार ग्रहण



खजुरा । संघीय सरकारको स्वास्थ्य मन्त्रालयबाट नव नियुक्त सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको अस्पताल बिकास समितीका अध्यक्ष टेकेन्द्र मल्लले आजबाट पदभार ग्रहण गरेका छन् ।

अस्पताल प्रशासनले आयोजना गरेको एक कार्यक्रमकाबीच नव नियुक्त अध्यक्ष मल्ल सहित सदस्यहरु दिपा केसी र इमरान खानले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै अध्यक्ष मल्लले खजुरेली जनताको आशा र भरोसाको केन्द्र क्यान्सर अस्पताललाई आफ्नो कार्यकालमा अझ उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

उनले क्यान्सर अस्पतालमा थप्नुपर्ने पुर्वाधार र सेवाहरुका विषयमा आफुले हरसम्भव कोसिस गर्दै अस्पताललाई क्यान्सर विशेषज्ञ अस्पताल बनाउन लागी पर्ने बताए । उनले अस्पताललाई सफल बनाउन कर्मचारी, स्थानीयको सहयोगको अपेक्षा पनि गरे ।

अस्पताल परिसरमा सम्पन्न पदभार कार्यक्रममा अस्पतालका मेसु कृष्ण प्रसाद आचार्य, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक तुफान, अस्पताल बिकास समितिका निवर्तमान अध्यक्ष भक्त बहादुर केसी, नेकपा एकीकृत समाजवादीका नेता दल बहादुर सुनार लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

अस्पतालको बिनियमावली अनुसार सरकारले नियुक्त गर्ने अध्यक्ष सहित २ जना सदस्य मनोनयन भएपनि अस्पतालको स्थापना गर्ने संस्था प्रखर परोपकार मिशन नेपालको नियमित साधारणसभा हुन नसक्दा त्यस संस्थाबाट प्रतिनिधित्व हुने ३ जना सदस्यहरुले बैधानिकता पाउन सकेका छैनन् ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  १० : ०४ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष