३१ भदौ २०८३, बुधबार | September 16, 2026

साफ च्याम्पियनसिप खेल्ने महिला टोलीलाई मेयर बालेन र उपमेयर डंगोलको शुभकामना



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र उपमेयर सुनिता डंगोलले भेटेका छन् ।

मेयर बालेन र उपमेयर डंगोलले शुक्रबार इन्द्रजात्राका लागि अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग भेटघाट गर्न सोल्टी होटल जाँदा राष्ट्रिय टिमलाई पनि भेटेर साफ महिला च्याम्पियनसिपका लागि शुभकामना दिएका हुन् ।

‘भेटेर साफ च्याम्पियनसिपमा राम्रो गर्न शुभकामना दिनुभएको थियो । हौसला प्रदान गर्नुभयो,’ एक खेलाडीले भनिन् ।

२१ भदौदेखि सुरु भएको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ४–० को जित निकालेको थियो । नेपालले सोमबार श्रीलंकासँग खेल्ने तालिका छ ।

समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान र श्रीलंका छन् । यता, समूह ‘ए’ मा साविक तथा प्रतियोगिताको एकमात्र विजेता भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल ३ असोजमा हुनेछ ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  ११ : ४२ बजे

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’ र ‘सर्टिफिकेट कोर्स’का लागि आवेदन आह्वान

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत

सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक