बुटवल । देशका अधिकांस महानगर र उपमहानगरले अनाधिकृत अतिक्रमण हटाउने अभियान थालेपछि बुटवल उपमहानगरले पनि सडक क्षेत्राधिकारभित्र अव्यवस्थित रुपमा रहेका निर्माण समाग्री, पसल, ठेला, सवारी पार्की तथा वर्कशपहरु हटाउन सूचना जारी गरेको छ । उपमहानगरले शुक्रबार एक सूचना जारी गर्दै ३ दिन भित्रमा सडक तथा पुटपाथ खाली गर्न भनेको छ ।
‘बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर र वस्नयोग्य बुटवल शहर बनाउनका लागि गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरु समेतमा सडकको क्षेत्राधिकार, सडक पेटी चोक चौराहामा अव्यवस्थित रुपमा रहेका ठेला, टंकी, बजार, निर्माण सामग्री, सवारीपार्किङ, वर्कसप लगायतका सामानहरु राखि अवरोध गर्ने गरेको देखिएकोले आजका मितिले ३ दिन भित्र खाली गरिदिनुहुन अनुरोध छ ।’–जारी सूचनामा उल्लेख गरिएको छ ।
प्राय महानगर, उपमहानगर र नगरपालिकाहरुमा अतिक्रमण गरेर बनाईएका पक्की संरचनाहरु समेत भत्काउने काम भइसक्दा पनि बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डे भने बैकल्पिक व्यवस्था नहुँदा सम्म फुटपाथबाट व्यवसायीलाई नहटाउने भन्दै आएका थिए । जनस्तर र सामाजिक सञ्जालहरुमा ब्यापक आलोचना भएपछि भने बुटवल उपमहानगर पनि तातेको हो ।




















प्रतिक्रिया