२० मंसिर २०८२, शनिबार | December 6, 2025

कास्कीमा अर्काको नाममा ट्रायल दिने दुई जना पक्राउ



पोखरा । कास्की ट्रायल परीक्षामा दिने दुई जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कस्कीले सवारी साधन अनुमति पत्रको परीक्षा दिने र दिन लगाउनेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर घर भइ पोखरा ८ सभागृहचोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा रहेकी छन् । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कास्कीबाट भदौ २२ गते संचालन गरिएको वर्ग के स्कुटरको ट्रायल दिने क्रममा विक पक्राउ परेकी हुन् । उनी तनहुँको भानु नगरपालिका २ निवासी मञ्जु पाण्डेको ट्रायल परीक्षामा नक्कली परीक्षार्थी बनेकी थिइन् ।

विकलाई परीक्षा दिन लगाउने तनहुँ भानु नगरपालिका ४ घर भइ जिल्ला पोखरा १७ घारीपाटन बस्ने वर्ष ३५ की निरा रानाभाट पनि पक्राउ परेकी छिन् ।

पक्राउ परेका दुवैजनालाई शिक्षा ऐन सम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  १० : ३४ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय