२ चैत्र २०८२, सोमबार | March 17, 2026

विद्यालयका भवन जीर्ण



तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका-१४ स्थित आधारभूत विद्यालय खौसापुरको भवन जीर्ण बनेको छ । विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयका सबै भवन जीर्ण छन् । भवनबाट पानी चुहिन्छ । खानेपानीको अवस्था पनि त्यस्तै छ । शौचालय पनि जीर्ण छन् ।

विद्यार्थीलाई निकै त्रास हुने गरेको छ । “भवन निकै जीर्ण अवस्थामा छन्, यो उपमहानगरपालिकाभित्रको अलि विकट ठाउँमा भएर पनि होला, विकास हुन सकेको छैन”, विद्यालय व्यवस्थापन समितिका सदस्य वामदेव केसीले भने, “यो विद्यालयको भौतिक सुधारका लागि हामीले पहल गरिरहेका छौँ ।” पुरानो विद्यालय भए पनि भौतिक संरचनाका हिसाबले निकै पछि परेको उनले गुनासो गरे । केही महिनाअघि मात्रै तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशखाको तीन लाख ५७ हजार बजेटले एउटा भवनको जस्तापाता खरिद, पेन्ट तथा प्लास्टर गरिएको थियो ।

उक्त विद्यालय शिशु कक्षादेखि ८ सम्म सञ्चालित छ । सोही विद्यालयमा अहिले दुईसय २२ विद्यार्थी अध्ययनरत छन् । सोही विद्यालयको भौतिक संरचनालाई पुनःनिर्माण तथा थप गर्नका लागि पहल भइरहेको वडाध्यक्ष शङ्कर खड्काले बताए ।

उक्त विद्यालय पुरानो पनि भएकाले यसलाई सुधार गर्न आवश्यक रहेको उनको भनाइ थियो । त्यहाँको खानेपानीको संरचना, शौचालय पनि निकै जीर्ण अवस्थामा रहेकाले त्यसको सुधारका लागि पहल भइरहेकोसमेत उनले बताए । त्यस आसपासका बालबालिकालाई अध्ययन गर्न उक्त विद्यालयमा निकै सहज हुने गरेको छ ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ७ : ३८ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित