२७ पुस २०८२, आइतबार | January 11, 2026

सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा



काठमाडौं । नाबालिक किशोरी बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा परेका छन् ।

आजै साँझ काठमाडौं आइपुग्न लागेका लामिछानेलाई विभागले कालोसूचीमा राखेको हो । यससँगै लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई थप सहज भएको छ ।

लामिछाने विरुद्ध प्रहरी वृत्त गौशालामा पीडित भनिएकी किशोरीले जाहेरी दिएकी थिइन । त्यसपछि प्रहरीले लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति पाएसँगै पक्राउपूर्जी समेत जारी गरिसकेको छ ।

काठमाडौं आउने भएपछि विमानस्थलस्थित प्रहरी उच्च सर्तक अवस्थामा रहेको बताइएको छ ।

केन्या विरुद्धको खेलका टी २० खेलका लागि गएका लामिछाने केन्याबाट सिधै क्यारेवियन लिग खेल्न वेस्ट इन्डिज गएका थिए तर त्यसलगत्तै पक्राउ पूर्जी जारी भएपछि उनी लिग छोडेर नेपाल फर्कने निर्णय गरेका थिए । सन्दीपले आफु विरुद्ध लागेको आरोप झुठो भएको दाबी गर्दै त्यसविरुद्ध कानूनी लडाईं लड्ने बताएका छन् । उनले नेपाल क्रिकेट एशोसिएसनसँग कानूनी सहायता समेत मागेका छन् ।

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  ४ : ०२ बजे

पुरानै आनीबानी र शैलीसँगै बसेर नयाँ भविष्य निर्माण गर्न सकिंदैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी

बहुमत महाधिवेशन प्रतिनिधि जता हुन्छन्, त्यहीँ पार्टी हुन्छ : महेश आचार्य

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले बहुमत

नेपाल जियोलोजिकल सोसाइटीको अध्यक्षमा डा. शर्मा निर्वाचित

बुटवल । नेपाल जियोलोजिकल सोसाइटीको केन्द्रीय अध्यक्षमा डा. हरिप्रसाद शर्मा

रुपन्देहीको सियारी गाउँपालिकामा माछा महोत्सवको तयारी

बुटवल । माछा उत्पादनमा राम्रो पहिचान बनाएको रूपन्देहीको सियारीमा माछा

राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक