६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

रुपन्देहीको सियारी गाउँपालिकामा माछा महोत्सवको तयारी



बुटवल । माछा उत्पादनमा राम्रो पहिचान बनाएको रूपन्देहीको सियारीमा माछा तथा कृषि महोत्सव हुने भएको छ । सियारी गाउँपालिकाले छपियाको माछालाई प्रबद्र्धन गर्न आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म सियारी माछा तथा कृषि महोत्सव गर्न लागेको हो ।

गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले माछासँगै कृषिमा अब्बल रहेको पालिकाका किसानको उत्पादन र बजारीकरणमा टेवा पु¥याउने उद्देश्यले माछा महोत्सव गर्न लागेको जानकारी दिए ।

कृषि, व्यापार, उद्योग मेला/महोत्सव हुने गरे पनि माछा महोत्सव देशमै फरक र नयाँ रहेको अध्यक्ष घिमिरेको भनाइ छ । सियारीले देशमा कूल माछा उत्पादनको २५ प्रतिशत हिस्सा ओगटेको छ ।

माछासँगै मह, ढाका तरकारी र पशुपंक्षीका उत्पादनले पनि महोत्सवमा स्थान पाउनेछन । ‘अहिले पनि यहाँका माछाले मुलुकमा हुने कुल उत्पादनको २५ प्रतिशत ओगटिरहेको छ’ घिमिरेले भने, ‘यहाँ तयार हुने माछाका परिकार पनि लोकप्रिय भइरहेका छन् । माछाका सुकुटी, अचार खान धेरै आन्तरिक तथा बाह्य पर्यटक आउँछन् ।’

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले माछा महोत्सव गर्ने पालिकाको कार्यक्रमले किसानका आर्थिक गतिविधिलाई पनि चलाएमान बनाउने बताए । ‘माछा र माछाका परिकारको प्रवद्र्धन गर्ने हो,’ उनले भने, ‘संघका पदाधिकारीले खटिएरै महोत्सव सफल बनाउने छन् ।’ गाउँपालिकाभित्र एक हजार दुई ४७ हेक्टर जलासय क्षेत्र रहेका छन ।

त्यसमध्ये एक हजार ११२ हेक्टर माछा जोन कार्यक्रम अन्तर्गत पर्छ । पालिकामा प्रतिहेक्टर १० मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले पालिका माछा र दुग्ध उत्पादनमा आत्मनिर्भर रहेको जनाए । ‘किसानलाई अझैं उत्प्रेरित गर्न महोत्सव आयोजना गर्न लागिएको हो,’ उनले भने, ‘गाउँपालिकाले माछाको ब्राण्डिङ गर्न भूमिका खेल्दैं आएको छ । यसलाई अझै प्रभावकारी तुल्याउन पालिका भित्रको कृषि क्षेत्र समेटेर महोत्सव गर्न लागेका हौं ।’

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ५ : ५२ बजे

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा

तीनदिने तीर्थाटनका लागि आज रवि लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल