१० भदौ २०८३, बुधबार | August 27, 2026

रुपन्देहीको सियारी गाउँपालिकामा माछा महोत्सवको तयारी



बुटवल । माछा उत्पादनमा राम्रो पहिचान बनाएको रूपन्देहीको सियारीमा माछा तथा कृषि महोत्सव हुने भएको छ । सियारी गाउँपालिकाले छपियाको माछालाई प्रबद्र्धन गर्न आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म सियारी माछा तथा कृषि महोत्सव गर्न लागेको हो ।

गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले माछासँगै कृषिमा अब्बल रहेको पालिकाका किसानको उत्पादन र बजारीकरणमा टेवा पु¥याउने उद्देश्यले माछा महोत्सव गर्न लागेको जानकारी दिए ।

कृषि, व्यापार, उद्योग मेला/महोत्सव हुने गरे पनि माछा महोत्सव देशमै फरक र नयाँ रहेको अध्यक्ष घिमिरेको भनाइ छ । सियारीले देशमा कूल माछा उत्पादनको २५ प्रतिशत हिस्सा ओगटेको छ ।

माछासँगै मह, ढाका तरकारी र पशुपंक्षीका उत्पादनले पनि महोत्सवमा स्थान पाउनेछन । ‘अहिले पनि यहाँका माछाले मुलुकमा हुने कुल उत्पादनको २५ प्रतिशत ओगटिरहेको छ’ घिमिरेले भने, ‘यहाँ तयार हुने माछाका परिकार पनि लोकप्रिय भइरहेका छन् । माछाका सुकुटी, अचार खान धेरै आन्तरिक तथा बाह्य पर्यटक आउँछन् ।’

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले माछा महोत्सव गर्ने पालिकाको कार्यक्रमले किसानका आर्थिक गतिविधिलाई पनि चलाएमान बनाउने बताए । ‘माछा र माछाका परिकारको प्रवद्र्धन गर्ने हो,’ उनले भने, ‘संघका पदाधिकारीले खटिएरै महोत्सव सफल बनाउने छन् ।’ गाउँपालिकाभित्र एक हजार दुई ४७ हेक्टर जलासय क्षेत्र रहेका छन ।

त्यसमध्ये एक हजार ११२ हेक्टर माछा जोन कार्यक्रम अन्तर्गत पर्छ । पालिकामा प्रतिहेक्टर १० मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले पालिका माछा र दुग्ध उत्पादनमा आत्मनिर्भर रहेको जनाए । ‘किसानलाई अझैं उत्प्रेरित गर्न महोत्सव आयोजना गर्न लागिएको हो,’ उनले भने, ‘गाउँपालिकाले माछाको ब्राण्डिङ गर्न भूमिका खेल्दैं आएको छ । यसलाई अझै प्रभावकारी तुल्याउन पालिका भित्रको कृषि क्षेत्र समेटेर महोत्सव गर्न लागेका हौं ।’

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ५ : ५२ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट