२ चैत्र २०८२, सोमबार | March 17, 2026

अनेमसंघ रुपन्देहीले ग¥यो युवा महिला भेला



बुटवल । अखिल नेपाल महिला संघ जिल्ला कमिटी रुपन्देहीको आयोजनामा जिल्ला युवा महिला भेला सम्पन्न भएको छ ।

अनेमसंघ रुपन्देहीकी अध्यक्ष मधुकला कुँवरको अध्यक्षतामा भएको भेलाको उदघाटन एमाले केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज गुमादेवी आचार्यले गरेकी थिइन् ।

त्यस अवसरमा बोल्दै उनले मंसिर ४ गते हुने संघीय र प्रदेशसभाको निर्वाचनमा एमालेलाई जिताउने गरी क्रियाशिल हुन आग्रह गरिन् । अनेमसंघकी केन्द्रीय सदस्य समेत रहेकी आचार्यले सत्ता गठबन्धनले एमाले विरुद्ध घेरावन्दी गरेको अवस्थामा महिलाहरु संगठीत भएर चुनावमा होमिने हो भने एमालेको जित निश्चित रहेको दावी गरिन् ।

कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य एवं अनेमसंघ केन्द्रीय सचिवालय सदस्य जानकी न्यौपाने, केन्द्रीय सदस्य लक्ष्मी कोइराला, पम्फावती खनाल, ज्ञानु केसी, थानेश्वरी चौधरी, कल्पना थापा, उमा अधिकारी, पुनम लिगल, शान्ति, विजयलक्ष्मी राय, वसुन्धरा भुसाल, अनेमसंघ जिल्ला उपाध्यक्षद्वय विष्णु केसी, सीता खनाललगायतले बोलेका थिए ।

भेलाले १८ वर्षदेखि ३० वर्षका अनेमसंघ युवा महिला जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । श्रृजना थापाको सहसंयोजक भावना लिगल र सचिव अमृता भट्टराईसहित ३१ सदस्यीय समिति गठन गरिएको अनेमसंघ रुपन्देही अध्यक्ष मधुकला कुँवरले जानकारी दिइन् ।

त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नम्बर १८ मा वडास्तरीय प्रथम भेला सम्पन्न भएको छ । महारानी थारुको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथी एमाले केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज सावित्रा अर्याल, प्रदेश कमिटी सचिवालय सदस्य एवं अनेमसंघ केन्द्रीय सदस्य लक्ष्मी कोइरालालगायतले बोलेका थिए ।

भेलाले अनेमसंघको वडा कमिटी गठन गरेको छ । सोही वडामा १८ देखि ३० वर्षका युवा महिलाको प्रथम भेलाबाट दुर्गा भण्डारीको संयोजकत्वमा नौ सदस्यीय अनेमसंघ युवा महिला वडा कमिटी गठन गरिएको छ ।

 

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  ५ : ३८ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित