३ असार २०८३, बुधबार | June 17, 2026

अनेमसंघले बुटवलमा दियो महिलाहरुलाई स्वास्थ्य सम्बन्धी प्रशिक्षण



बुटवल । एमालेको महिला संगठन अनेमसंघले बुटवलमा आफ्ना सदस्यहरुलाई स्वास्थ्यसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिएको छ ।

अनेमसंघ क्षेत्र नम्बर २ रुपन्देहीले विशेषज्ञ चिकित्सक बोलाएर आफ्ना सदस्यहरुका लागि स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रमको संयोजन एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग रुपन्देहीले गरेको थियो ।

प्रशिक्षणअघि सहभागीहरुको निःशुल्क मधुमेह र कोलस्टेरोल परीक्षण गरिएको छ । जसमा एशियन डाइग्नोष्टिक ल्याव्रोटोरी बुटवलले प्राविधिक सहयोग गरेको थियो ।
महिला कार्यकर्तालाई प्रशिक्षण दिंदै देवदह मेडिकल कलेज तथा इन्द्रेणी हेल्थ क्लिनिकमा कार्यरत नसा, टाउको तथा मनोरोग विशेषज्ञ डा. राजेश श्रेष्ठले मानिसको बदलिंदो जीवनशैली, यसले पार्ने शारीरिक र मानसिक समस्या, खानपानलगायतका विविध विषयमा जानकारी दिएका थिए ।

डा. श्रेष्ठले तनाव व्यवस्थापनका उपाय, शारीरिक र मानसिक रुपमा स्वस्थ रहनका लागि गरिनुपर्ने दैनिक क्रियाकलापलगायतका विषयमा पनि प्रकाश पारेका थिए ।
त्यस अवसरमा एमाले केन्द्रीय सदस्य गुमादेवी आचार्य, अनेमसंघ केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज ज्ञानु केसी, सहइन्चार्ज कल्पना थापा, अनेमसंघ प्रदेश कमिटी सदस्य पुनम लिगल, अनेमसंघ क्षेत्रीय उपाध्यक्ष मना ढकाल, सचिव कमला ज्ञवाली लगायतले स्वास्थ्य सम्बन्धी यस्ता प्रशिक्षण आगामी दिनमा पनि जरुरी रहेको भन्दै यसबाट व्यवहार परिवर्तमा पनि सघाउ पुग्ने बताएका थिए ।

एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग रुपन्देहीका प्रमुख सुनिल श्रेष्ठका अनुसार विभागले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधि वितरण समेत सम्पन्न गरिसकेको छ । अहिले विकराल बन्दै गैरहेको मधुमेह र मृगौला सम्बन्धी समस्या, तनावरहित जीवनका निम्ति पाँचवटै क्षेत्रमा स्वास्थ्य सचेतना जस्ता कार्यक्रमको योजना विभागले बनाएको पनि उनले बताए ।

श्रेष्ठले चिकित्सकसँग जनता कार्यक्रम गर्ने योजना रहेको भन्दै यसबाट उपचार खर्च महँगो भयो भन्ने गुनासोलाई संबोधन गरिने, चिकित्सकको सुरक्षाको लागि समेत सहजीकरण हुने बताए । उनले युवा र विद्यार्थी पनि कलतमा फस्ने प्रवृत्ति बढेकाले शारीरिक र मानसिक रुपमा स्वस्थ हुनुपर्ने सन्देश सहित कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ५ : ०१ बजे

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

गण्डकी । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध निर्माण

चिया निर्यात समस्या समाधान गर्न सरकारसँग कांग्रेस सचेतक राईको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले भारततर्फ नेपाली

विपक्षी दलले उठाए सभामुख अर्यालमाथि प्रश्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउन

नेपाल टेलिभिजनको समान खरिद प्रकरण : चार सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था

खुकुरी देखाएर युवतीलाई यातना दिने युवक लागुऔषधसहित पक्राउ

दाङ । खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि