१५ माघ २०८२, बिहिबार | January 29, 2026

श्रीलंकाले जित्यो एसिया कपको उपाधि



काठमाडौं । पाकिस्तानलाई २३ रनले पराजित गर्दै एसिया कप क्रिकेट २०२२ को उपाधि श्रीलंकाले जितेको छ । श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जितेको हो । श्रीलंकाले यसअघि सन् २०१४ मा प्रतियोगिताको उपाधि जितेको थियो ।

श्रीलंकाले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा एक सय ४७ रनमै समेटियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५५ रन बनाए । इफ्तिखर अहमेदले ३२ रन बनाए । श्रीलंकाका प्रमोद मदुसनले सर्वाधिक चार विकेट लिए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७० रनको योगफल खडा गर्‍यो ।

श्रीलंकाका लागि भानुका राजापाक्षेले सर्वाधिक अविजित ७१ रन बनाए । यस्तै, वनिन्दु हसरंगाले ३६ रन जोड्दा धनन्जय डी सिल्भाले २८ रन थपेका थिए । यस्तै, चमिका करुणारत्ने १४ रनमा अविजित रहेका थिए ।

पाकिस्तानका ह्यारिस रौफले सर्वाधिक तीन विकेट लिए । यसबाहेक, नसिम साह, इफ्तिखर अहमेद र सदाब खानले समान एक विकेट लिए ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ६ : ४६ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण